श्रीलङ्काको पर्यटन आम्दानी ६६ प्रतिशतले बढ्यो

काठमाडौं २५  भदौ २०८१।

श्रीलङ्काले सन् २०२४ को पहिलो ८ महिनामा पर्यटनबाट २ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको देशको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ । उक्त अवधिमा श्रीलङ्काले २ अर्ब १७ करोड डलर कमाएको छ । यो सन् २०२३ को सोही अवधिको तुलनामा ६६.०१ प्रतिशतले बढी हो ।

सोही अवधिमा पर्यटक आगमनमा पनि ५०.०७ प्रतिशतले वृद्धि भएको र सन् २०२४ को पहिलो ८ महिनामा १३ लाख ६० हजार पर्यटक आएको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ ।

सन् २०२४ अगस्टमा पर्यटक आगमन १ लाख ६४ हजार ६०९ थियो । यो सङ्ख्या सन् २०२३ अगस्टको तुलनामा लगभग २० प्रतिशतले वृद्धि भएको हो ।

पर्यटन श्रीलङ्काको शीर्ष विदेशी राजस्व उत्पन्न गर्नेमध्ये एक माध्यम हो । श्रीलङ्का पर्यटन प्रवर्द्धन ब्युरोका प्रबन्ध निर्देशक नलिन परेराले श्रीलङ्काली पर्यटन अधिकारीहरूले सन् २०२५ मा ३० लाख विदेशी पर्यटकहरूको अपेक्षा गरेको बताए । Agency

फेसबुकबाट तपाईको प्रतिक्रिया