संशोधनबारे भारतीय दूतावासमा के भयो छलफल ?
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_425,h_300/https://businesspati.com/wp-content/uploads/2016/08/rajendra.jpg)
काठमाडौँ २४ मंसिर
सरकारले संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधनका विषयमा छलफल गर्न सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बिहिबार फेरि भारतीय दूतावास गएका छन्। त्यहाँ उनले राजदूत रञ्जित रेसँग वार्ता गरेको स्रोतले बताएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
राजदूत रेलाई भेट्न महतो करिब ११ बजे लैनचौर पुगेका थिए। त्यहाँ उनी करिब साढे १२ बजेसम्म बसेका थिए। बानेश्वरस्थित पार्टी कार्यालयमा बोलाइएको पार्टी बैठक अघि उनी लैनचौर गएका हुन्। दूतावासबाट निस्किएपछि महतो सोझै पार्टी कार्यालय गएका थिए।
सरकारले संसदमा दर्ता गराएको संशोधन विधेयकमाथि छलफल गर्न महतो दूतावास गएको पार्टी स्रोतले बताएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया