संसदीय व्यवस्था नफालेसम्म मुलुकको समस्या जहाँको तहीँ

नवलपरासी २२ मंसिर,।

क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले हतारमा संविधान जारी गरेको परिणाम अहिले संकट  देखिएको बताएका छन् । नवलपरासीको कावासोतीमा बुधबार क्रान्तिकारी महासंघ नवलपरासीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान जनताले बनाउनु पर्ने, संघीयताको विषयमा जनताले निर्णय गर्नुपर्नेमा त्यस्तो नहुँदाको परिणाम अहिले देखिएको बताए ।

वैद्यले राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालमा जवसम्म हल निस्कदैन तवसम्म कुनै  समस्या समाधान नहुने दावी गरे । सो अवसरमा  बैद्यले संसदीय व्यवस्था नफालेसम्म मुलुकको समस्या जहाँको तहीँ रहने समेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया