सगरमाथा फाइनान्सको हकप्रद स्वीकृत

काठमाडौँ २७ कार्तिक

हकप्रद निष्काशनका लागि सगरमाथा फाइनान्स लिमिटेडले धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ।  प्रति कित्ता १ सय रुपैयाँका दरले २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३ सय ८९ कित्ता हकप्रद निष्काशन अनुमतिका लागि फाइनान्सले धितोपत्र बोर्डमा आबेदन दिएको थियो।   फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।    फाइनान्सको असार ३ मा बसेको १० औ बार्षिक साधारणसभाले ८० प्रतिशत हकप्रद दिने प्रस्ताब गरेको थियो।  गत आर्थिक बर्षमा फाइनान्सले १३ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो भने  हाल फाइनान्सको चुक्ता पुंजी ३६ करोड ९२ लाख रुपैयाँ रहेको छ।  फाइनान्सको ८० प्रतिशत हकप्रद वितरणपछि  चुक्ता पुंजी ६६ करोड ४५ लाख रुपैयाँ पुग्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया