सत्तारुढ नेकपाको राजनीतिक शेयर बजार उत्कर्षमा
– नन्दलाल खरेल
शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्र्तविरोध कहिले बालुवाटार, खुमलटार, झम्सिखेल हुँदै सडकमा समेत देखिएको छ । संभवत यो अन्र्तविरोधि अहिले सम्मकै उत्कर्ष हो । हिजो अन्तविरोधि हुँदा पार्टीका आफ्ना कमिटीमा मात्र हुन्थ्यो भने अहिले सडकसम्म पुग्नु ज्यादै लज्जाको विषय हो । पार्टीमा स्वस्थ्य छलफल हुनु, ‘दुई लाइन संघर्ष हुनु’ त्यसलाई सकारात्मक अन्र्तविरोधको रुपमा लिइन्छ भने अहिले भएको अन्तरविरोध एकदमै तिक्ततापूर्ण (शत्रुतापूर्ण) रहेको देखिएको छ । कम्युनिष्ट पार्टी जहिल्यै पनि नीति, सिद्धान्त र विधानमा चल्नु पर्ने हो । पार्टीमा समस्या आए कस्तो विधी प्रकृयाबाट त्यसलाई हल गर्ने हो त्यहाँ उल्लेख गरिएको हुन्छ । तर यहाँ सबै नेताहरुलाई थाहा हुँदाहुँदै पनि एकले अर्कोलाई कसरी कमजोर बनाउन सकिन्छ, कसरी छिर्के हान्न सकिन्छ र सत्ता प्राप्त गर्न सकिन्छ त्यो मात्र देखिएको छ । पार्टीमा बिचार समुह हुनु स्वभाविक मान्न सकन्छि । तर नेकपा भित्र गुटहरुको समूह छ । अहिले नेकपा भित्र मुख्य रुपमा तीन गुटहरु छन् ः ओली गुट, प्रचण्ड गुट, माधव गुट ।
यिनै गुटका पछि अरु नेताहरु आफ्नो स्वार्थ राखेर कुदिरहेका छन् । सत्ताको पल्ला कता भारी हुन्छ गुटहरु पनि फेरबदल हुने गरेको छ । हिजो बामदेव ओली गुटमा थिए भने आज प्रचण्ड गुटमा छन् । हिजो राम बहादुर थापा (बादल) ओली गुटमा थिए भने आज फेरी प्रचण्ड गुटमा छन् । अहिले प्रचण्ड – माधव गुट ओली गुटलाई परास्थ गर्न एक आपसमा नजिक छन् त्यतिकै एक आपसमा सशंकित पनि छन् । पार्टी भित्रको झगडा आज ओलीका शुभचिन्तक तथा कार्यकर्ताले सडकमा ल्याए भने भोली प्रचण्डका कार्यकर्ताले पनि ल्याउन सक्छन् । पर्सी माधव नेपालले पनि प्रदर्शन गर्न सक्छन् । तसर्थ यस्तो कार्य गर्नु गराउनु शोभनिय हुँदैन । आज केपी ओलीका पक्षले ‘भारतीय दलाल होसियार, केपी ओली जिन्दावाद,’ ‘विदेशी हस्तक्षेप मूर्दावाद’, ‘आजलाई होइन भोलीलाई पाँच वर्ष ओलीलाई’ भन्दै नारा सडा कतताइ राखेका छन् भने भोली प्रचण्ड पक्षले पनि ‘नक्कली राष्ट्रवाद मूर्दावाद’, ‘महाकाली सन्धीका राष्ट्रघातीलाई फाँसी दे’, ‘भ्रष्टचारीका नाईके ओली मूर्दावाद’, जस्ता नारा नआउँलान भन्न सकिन्न । हिजो राजाले पनि आफ्ना पक्षमा जनतालाई सडकमा ओरालेका थिए । यस्ता हर्कतहरुले लोकतन्त्रको रक्षा गर्दैन ।
पार्टी एकता हुँदा तत्कालिन एमाले र माओवादी बीच के सहमति थियो त्यसको पनि हेक्का राख्न जरुरी छ । पार्टी एकता हुँदा सिद्धान्त, निति र विचारमा नभएकोले नै यो दुष्परिणाम देखिएको हो । यो एकता छलछामको एकता हो । जसरी पनि सत्ता प्राप्त गर्नु पर्छ भन्ने हेतुले यो एकता भएको थियो । इतिहासमा भएका गल्तीहरुलाई सच्याउन जरुरी छ । कोरोनाले भयावह रुप लिइरहेको बेला मुलुकले आर्थिक संकट ब्यहोरिरहेको अवस्थामा अनावश्यक जनताले दुःख पाउने कुरा हुनु हुँदैन । बयोवृद्ध नेताहरुले सधैभरि आफू मात्र सत्तामा बस्ने कुरा कदापी राम्रो होइन । नेकपाको अन्र्तविरोध समृद्धि÷विकास र शान्तिको लागि रहोस् न कि सत्ता प्राप्तिको छिर्के दाउ बनोस् ।
प्रकासित मिति २०७७–३–१९
फेसबुकबाट तपाईको प्रतिक्रिया