सत्तारुढ नेकपामा कम्युनिष्ट चरित्र छ ?

नन्दलाल खरेल

पङ्तिकारले विप्लव नेतृत्वको नेकपाको बारेमा कुरा गरिरहेका छैनन कि सत्तारुढ नेकपाको यात्रा कुन दिशामा अघि बढिरहेको छ भन्ने विषयमा केहि चर्चा गर्न खोजिरहेका छन् । भनिरहनु नपर्ला, समृद्धि उडानका दुई जेट विमान चालकहरु गन्तव्यलाई निश्चित विन्दुमा नपु¥याई सत्ता संघर्षको छिनाझपटीमा रुमल्लिएका छन् । नेतृत्वमा पुगेपछि म नै सर्बेसर्वा हुँ भन्ने स्वेच्छाचारी चिन्तन र प्रवृतिको विकास भएको छ । आपूmलाई एउटा कम्युनिष्ट नेताका रुपमा भन्दा पनि शक्तिशाली शासक र सर्बोच्च नेताका रुपमा ठान्ने मनोग्रन्थिले अहिले वढी काम गर्न थालेको छ । हिजो सिद्धान्त,नीति र पद्धतिको बारेमा प्रशिक्षण दिने नेताहरु आज तिनै नेताहरु ती चिजहरुलाई धोती लगाइदिएका छन् । आज सत्तारुढ नेकपाको प्रत्येक गतिविधिले नागरिकको पीडामा नुनचुक छर्किरहेको छ ।
कम्युनिष्ट भन्ने वित्तिकै वर्गीय प्रेम वर्गीय सद्भाव झल्कन्थयो हिजो तर आज जनताले कम्युनिष्ट भनेको सबैभन्दा अयोग्य, अक्षम, खतम, सत्ता लिप्सा, मुर्ख अनि अनैतिक व्यक्तिहरुले झुण्ड हो भनेर वुभ्mन थालेका छन् । अग्रेजीमा एउटा शब्द छ –‘क्लिप्टोक्रेसी’ यसको अर्थचहि दलाल, ठग र चोरहरुले चलाएको सरकार हो । यस्तो सरकारमा भ्रष्ट व्यक्तिहरुले आफ्नो सत्ताको शक्तिलाई प्रयोग गरेर राज्यको दोहन गर्छन । आज नेपाली राजनीति ‘क्लिप्टोक्रेसी’ को सिकार भएको छ । आज नीति होइन व्यक्ति प्रधान भएको छ । व्यक्तिले नै सत्ता र पार्टी कब्जा गरेको छ । आज प्रचण्ड प्रवृति र ओली प्रवृति छ हामी त्यहि प्रवृतिमा रमाइरहेका छौ । यिनीहरुबाट न मुलुकको समृद्धि हुन्छ न नेपाली जनताको मुक्ती हुन्छ ।
वर्तमान सत्तारुढ नेकपा यो कम्युनिष्ट पार्टीको व्यानरमा मात्र राजनीति गरिरहेका छ । यिनीहरु रुपमा कम्युनिष्ट पार्टी हुन तर सारमा कम्युनिष्ट पार्टी त के, लोकतान्त्रिक पार्टी पनि होइनन् । यिनीहरु संसदीय दलाल वर्जुवा पार्टी हुन् । अझ स्पष्ट भन्नु पर्दा यिनीहरु दक्षिण पन्थी हुन । दक्षिणपन्थी भनेको पुराना विचार र सिद्धान्त र समाज व्यवस्थालाई आमूलपरिवर्तन नगरि वाहिरी रुपमा मात्र देखावटी सुधार गरी काम चलाउन खोज्नेलाई दक्षिणपन्थी भनेर चिन्निछ । यो प्रकारको सुधारवाद हो । वास्तवमा यो क्रान्तिकारी परिवर्तन र विचारको ठिक उल्टो हुन्छ । सत्तारुढ नेकपामा केवल क्रान्तिकारीको लजप मात्र लगाइएको छ ।
सत्तारुद नेकपाले आपूmलाई माक्र्सवाद र लेनिनवाद भन्छ , न यसमा माक्र्सवादको झिल्का छ न त लेनिनवादको कुनै गुण छ । सर्वहारा अधिनायकत्व, वल प्रयोगको सिद्धान्त र निरन्तर क्रान्तिको प्रस्थापना नै माक्र्सवादको सारतत्व हो । माक्र्सवादको नाम लिएर माक्र्सवादको मुटुमा छुरा धस्नु, वर्ग समन्वयको वाटो अपनाउनु, राष्ट्रघात र जनहात्याद्धारा साम्राज्यवादका प्रत्यक्ष सेवा गरी पटक पटक सत्तामा पुग्नु, जनताको नाम गरेर जनताकै टाउकोमा घन बजार्नु आज सत्तारुढ नेकपाको चरित्र वन्न गएको छ । राष्ट्रवादको खोल ओढेर जनतालाई झुक्याउन सफल भएको छ । त्यतिमात्र होइन नेकपाले आफुलाई लेनिनवादी भन्छ तर लनिनको सिद्धान्तबाट धेरै टाढा रहन्छ । लेनिनले भन्नु भएको छ ः साम्राज्यवाद पुँजीवादको उच्चतम रुप हो । त्यसको चरित्र केन्द्रिकृत, परजीवी, पतनशील र मरणोन्मुख हुन्छ । तर नेकपा साम्राज्यवादीहरुको पुँजीवादी राजनीतिक व्यवस्था अगाल्छ । अब नेकपा कम्युनिष्ट कसरी भयो वडो आश्चर्य छ ?
लेनिन एक प्रतिभाशाली, सिद्धान्तकार, रणनीतिकार, महान सङ्गठक तथा श्रमजीवी जनताको असल नेता र गुरु हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो समाजवादी क्रान्तिको सफलता मजदुर तथा गरिब किसानहरुको एकता कति सृढृद छ भन्ने कुरामा निर्भर हुन्छ । समस्त युवाहरुलाई सङ्गठित गर्न विशेष जोड दिनु हुन्थ्यो । युवा, विद्यार्थी , मजदुर र किसान बीचको एकताका आधारमा निर्माण भएको संगठनले मात्र क्रान्ति सम्पन्न गर्न सक्ने उहाँको ठम्याई थियो । लेनिन भूमिगत र वैधानिक सङ्घर्षलाई एकसाथ फ्युजन गरेर मात्र क्रान्ति सफल गर्न सकिन्छ भन्नेमा पूर्ण विश्वास हुनुहुन्थ्यो । सहरमा मजदुर र गाउँमा किसानहरुलाई वर्ग सङ्घर्षमा गोलबन्द गर्ने रणनीति यसैको ज्वलन्त उदाहरण थियो । के आज नेपालमा नेकपा नामको पार्टीले मजदुर र किसानहरुलाई वर्गसङघर्षमा गोलबन्द गरेको छ ? के यो पार्टीले जनतन्त्रको कुरा उठाएको छ ? तसर्थ के भन्न सकिन्छ भने नेकपा पार्टीले माक्र्सवाद र लेनिनवाद भन्नु सरासर झुट कुरा हो । उसले खाली कम्युनिष्ट व्यानर प्रयोग गरेको छ र जनताको मनोविज्ञानमा खेलेको छ ।
कार्लमाक्स र फेड्रिक एङ्गेल्सको नेतृत्वमा सन् १८४८ मा साम्यवादी दलको घोषणपत्र जारी गरेको थियो । पुँजीवादको विकल्पमा वैज्ञानिक समाजवादको सङ्क्रमणकालीन व्यवस्था बाट विश्व साम्यवाद प्राप्त गर्ने बलियो आधार भएको रुपरेखा उहाँहरुले खिच्नु भयो । माक्सकै शब्दमा ‘यो साम्यवाद पूर्ण रुपले प्रकृतिवादमा विकसित भएर मानवतावाद हुनेछ र पूर्ण रुपमा मानवतावाद विकसित भएर प्रकृतिवाद हुनेछ ।’ के हाम्रो देशको सत्तारुढ नेकपाले यो यात्राको १० प्रतिशत हिस्सा पनि अङ्गालेको छैन तैपनि जनताले यिनीहरुलाई कम्युनिष्ट भनिदिनु पर्ने ?
आदिम साम्यवाद मानवतावाद बराबर प्रकृतिवाद थियो तर यो पूर्ण रुपले विकसीत थिएन । अदिम साम्यवादलाई दास मालिकको समाज व्यवस्थाले नकार्यो र यो सरकारमा स्थापित भयो । यसलाई पनि सामान्ति व्यवस्थाले नकार्यो र सरकारमा स्थापित भयो । सामान्ती समाज व्यवस्थालाई पनि पुँजीवादले नकार्यो र यो सरकारमा स्थापित भयो । यसलाई वैज्ञानिक समाजवादले नकार्नेछ र हरेक देशमा वैज्ञानिक समाजवाद विकास भइसकेपछि सुन्दर र पूर्णरुपले मानवतावाद विकसित भएको साम्यवाद स्थापित हुनेछ । माओले भनेझै साम्दवाद भन्दा राम्रो समाज व्यवस्था विकास भयो भने साम्यवाद पनि निषेध हुनेछ । तर वर्तमान केपी–प्रचण्डको नेतृत्वमा रहेको नेकपा अझैपनि सामान्तवादका अवशेष वाकी हुँदा हुँदै पनि जनवादमा पुगेको अब छिट्टै समाजवादमा मुलुक पुग्दैछ भनि कुतर्क पेश गरिरहेका छन् । यी नेताहरुको चरित्र भने सामान्ती सोच भन्दा माथि उठ्न सकेको छैन ।
यो पङ्तिकारले तत्कालीन एमाले माओवादी गठवन्धन भई पार्टी एकता भएपछि यो गठवन्धनलाई वाम गठवन्धन (कम्युनिष्ट) गठवन्धन होइन छलछामको गठवन्धन भनेका थिए । किनकी त्यो गठवन्धन भनेको संशोधनवादी, दलाल पुँजीवादी यथास्थितिवादी, प्रतिक्रान्तिकारी र फाँसीवादी गठवन्धन थियो । नीति, सिद्धान्त र विचारमा उनीहरुको गठवन्धन भएको थिएन । वर्तमान सत्ता संघर्ष त्यहि कृत्रिम एकताको दुष्परिणाम हो । उनीहरुलाई साम्राज्यवादी शक्तिहरुले आफ्नो स्वार्थको लागि एक गराएका थिए भने अहिले त्यहि शक्ति फेरी यिनीहरुलाई नै फुटाउन खोज्दैछन् ।
अन्त्यमा वर्तमान सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी पटक्कै होइन । कम्युनिष्ट पार्टीसँग हुने सिद्धान्त, विचार, दृष्टिकोण र व्यवहार कत्ति पनि छैन । उनीहरुको चरित्र नै सत्तामुखी छ । सत्तामा गएर राज्यको दोहन गरी धनवादको यात्रामा मात्र केन्द्रित छ । तसर्थ आम नेपाली यसतर्फ सचेत हुन जरुरी छ । अझै पनि यिनीहरुको भ्रमलाई नचिर्ने हो भने न हामी स्वाधीन हुन्छौ न हामी समानता सहितको सम्पन्न रहन्छौं ।
प्रकासित मिति २०७७–४–२५

फेसबुकबाट तपाईको प्रतिक्रिया