सनराइज बैंकको हकप्रद भर्ने म्याद कहिलेसम्म ?
बिजनेसपाटी २१ जेस्ठ
जेठ १६ गतेदेखि हकप्रद सेयर निष्काशन गरिरहेको सनराइज बैंकले असार १९ गतेसम्म निष्काशन खुला रहने जनाएको छ । हकप्रदमा वैशाख २९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
सनराइजले १० :३ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । बैंकले हकप्रदका लागि सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । प्रभु क्यापिटल र सनराइज बैंकका सबै शाखाहरुबाट इच्छुक सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार छ सय रुपैयाँ बराबरको एक करोड ६३ लाख ५९ हजार छ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हाल सनराइजको चुक्तापुँजी पाँच अर्ब ४५ करोड ३२ लाख १५ हजार रुपैयाँ रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया