सन्राइज क्यापिटलले शेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने

काठमाण्डौ १९ कार्तिक २०७९

सन्राईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १२औं वार्षिक साधारण सभा १८ गते शुक्रवारका दिन अलफ्ट होटल ठमेल काठमाडौंमा भब्यताका साथ सम्पन्न गरेको छ ।
वार्षिक साधारणसभामा प्रस्तुत भएका प्रस्तावहरुमा आ.व. २०७८-०७९ वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब,नगद प्रवाह विवरण र आ.व. २०७९-०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित भएको छ ।
साभामा आ.व. २०७८÷०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया