सपोर्ट माइक्रोफाइनान्सको आईपीओको नतिजा सावजनिक
बिजनेसपाटी २३ कार्तिक
सपोर्ट माइक्रोफाइनान्सको साधारण सेयर बुधबार बाँडफाँड भएको छ । कम्पनीले निष्काशन गरेको १ लाख ८० हजार कित्ता साधारण सेयरमा माग गरेका मध्ये ज्यादै न्युन आवेदकले मात्र १० कित्ता सेयर पाएका छन् ।
माइक्रोफाइनान्सको साधारण सेयरका लागि २ लाख ३७ हजार ६ सय १७ वटा आवेदन परेकोमा २ हजार ३ सय ९६ आवेदन रद्ध भएका छन् । बाँकी रहेका २ लाख ३५ हजार २ सय ४८ आवेदनलाई मात्र सेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको छ । लघुवित्तको सेयर १६ हजार ७ सय ४० जनाले प्राप्त गरेका छन् । उनीहरुलाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया