समूह विजेता बन्ने दाउमा भारत र न्युजिल्याण्ड

काठमान्डौ फागुन १८, २०८१ । आइसीसी च्याम्पिएन्स ट्रफीको नर्वौ संस्करणमा आज दुई बलिया टोली भारत र न्युल्यिाण्डबीच भिडन्त हुँदैछ । आजको खेल दुबईको अन्तर्राष्ट्रिय त्रिकेट स्टेडियममा हुँदैछ । मिनी विश्वकपको नामले चिर्चित रहेको आईसीसी च्याम्पियन्स ट्रफी नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुँदैछ ।
भारत र न्युजिल्याण्ड दुवै टोली प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका हुन् । यी दुवै टोलीबीचको भिडन्तले समूह ‘ए’ को बिजयी टोलीको टुंगो लगाउनेछ । दुई खेलबाट चार अंकले जोडेको न्युजिल्यान्ड पहिलो र समान अंक ल्याएको भारत दोस्रो स्थानमा छन् ।
भारतभन्दा न्युजिल्यान्ड रनमा भने अगाडि देखिन्छ । एक–एक अंक बटुलेका बंगलादेश र आयोजक पाकिस्तान भने यसअघि नै उपाधि होडबाट बाहिरिसकेका छन् । यो च्याम्पियन्स ट्रफी समूहगत चरणको अन्तिम खेल हो ।
आजको खेलमा विजय हुने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । भारत वा न्यूनिजल्याण्ड जो विजयी हुन्छ उसले पुनः सेमिफाइनलमा अष्ट्रेलियासँग भिड्नुपर्ने हुन्छ । आजको गेमबाट पराजित टोलीले भने दक्षिण अफ्रीकी टोलिसँग भिड्नु पर्नेछ । समूह ‘बी’ बाट दक्षिण अफ्रिका विजेता र अष्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनमा पुगेका दुई टोली हुन । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया