सयपत्री हाइड्रोपावरले ९ करोडको आईपिओ जारी गर्ने
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_777,h_437/https://businesspati.com/wp-content/uploads/2018/02/ipo.jpg)
बिजनेसपाटी २० फागुन
सयपत्री हाइड्रोपावरले कम्पनीले ९ करोड बराबरको ९ लाख कित्ता साधारण सेयर निश्कासन गर्ने भएको छ । शेयर निष्कासन सम्बन्धी सम्झौतामा सयपत्री हाइड्रोपावरका अध्यक्ष डा.बद्री के.सी र एनआइबिएल एस क्यासपिटलका महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे
कम्पनीको पहिलो साधारणसभाले आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले सुरुमा आयोजना प्रभावित क्षेत्रका बाग्लुङका बासिन्दाहरुका लागि १० प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर निष्कासन गर्नेछ ।त्यसपछि कम्पनीले २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सर्वसधारणलाई निष्कासन गर्ने जनाएको छ ।
कम्पनीले सेयर निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
।
फेसबुकबाट तपाईको प्रतिक्रिया