सरकारद्वारा प्राधिकरण प्रमुख ज्ञवालीलाई हटाउने निर्णय

काठमाडौँ २१ पौष

सरकारले  ज्ञवालीलाई पदबाट हटाउने निर्णय गरेको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाउने निर्णय गरेको छ । ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले गत हप्ता उनीसँग स्पष्टीकरण सोधेको थियो। ज्ञवालीले बुधबार १२ पृष्ठ स्पष्टीकरण बुझाउँदै आफूले काम गरेको तर अन्य मन्त्रालयको असहयोगका कारण पुनर्निर्माण ढिलाइ भएको बताएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया