सरकारले ८ वटा विमानस्थलको स्तरोन्नति गर्ने

काठमाडौं १५ जेठ २०८०

सरकारले ८ वटा विमानस्थलको स्तरोन्नति गर्ने घोषणा गरेको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने बताए। त्यसैगरी रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा रजुम्लाको खलङ्गा विमानस्थलको स्तरोन्नति गरिने जनाएको छ।

दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने अर्थमन्त्रीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया