सरकार लाचार, चल्दै गरेका हस्पिटलको फार्मेसी पनि ठेक्कामा
लक्ष्मी नारायण न्यौपाने
काठमाण्डौ २७ फागुन २०७९ ।
अस्पताल फार्मेसी अस्पतालकोनै परिदृस्य देखाउने एक अभिन्न अंग हो । जहाँ फार्मासिस्टहरुले सिकेका ज्ञान र सिपहरु बिरामीलाई सिकाउने गर्दछ्न् । तर तर नेपालमा त ठ्याक्कै उल्टो देख्न र सुन्न के पाइन्छ भने फार्मेसी नै अध्ययन नगरेका वा गैर–फार्मासिस्टले औषधी बेचबिखन गर्ने गरेको पाइन्छ । अस्पताल फार्मेसी फार्मासिस्टको श्रेत्र अधिकार भित्रपर्ने हुनाले र नेपाल सरकारले पनि हस्पिटल फार्मेसी निर्देशिका लागु गर्नु भनी सर्बोच्च अदालतले नै फैसला गरिसकेको जानकारीमा नै छ । हाल कतिपय सरकारी तथा गैरसरकारी अस्पतालले निर्देशिका लागू पनि गरिसकेका छ्न् । तर केहि ठुला भनाउँदा अस्पतालले लागू गर्न हिचकिचाइरहेका र केहिले लागु गरेर पनि पुनः ठेक्कामा दिएको पाइएको छ । फार्मेसीको अधिकार हनन् हुने यस्ता खालका बिकृती र बिसंगती सम्बन्धित सरकारी निकाय औषधी व्यवस्था विभागले पुर्ण जिम्मेवारी लिनुपर्ने देखिन्छ । अझै यस्ता खालका बिकृती देखिने हो भने फार्मेसी क्षेत्रका अभियान्ता फार्मासिस्ट लक्ष्मी नारायण न्यौपाने चुप लागेर नबस्ने बताएका छन् ।
नेपालको अवस्था यस्तोसम्म छ कि अध्यनमा लाखौं खर्च गरेर बर्सेनि हजारौं सहायक फार्मासिस्ट र फार्मासिस्टको उत्पादन हुने गरेका छ्न् भने रोजगारीको अवस्था भने शन्यू जस्तै छ । नेपालमा झन्डै–झन्डै ४ वटा पुराना विश्वविद्यालय र तिनका मातहतमा अध्यन हुने कलेजहरु १० भन्दा धेरै छ्न् । हाल आएर ३ वटा थप र आफ्नै संस्था अन्तर्गत पोखरा, जुम्ला र हेटौंडामा पनि अध्यन हुन थालेका छन । स्नातकमा ४ बर्ष कोर्स अध्यन हुन्दै गर्दा औसधी बिज्ञान त छदैछ त्यस भन्दा फरक नेपालमा पाइने जडिबुटी र त्यसको प्रयोगबारे पनि अध्यन हुने गर्दछ । फार्मेसी पेशा एक सम्भावना बोकेको पेशा भएको हुँदा नेपालमै पाइने जडिबुटीको थप अध्यन अनुसन्धान गरि देशलाई आर्थिक टेवा पुर्याउनलाई एक महत्त्वपूर्ण भुमिका खेल्न सक्ने पेशा हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया