सर्जक बोहराको मायाको रोग निको नभएपछि…

बिजनेसपाटी ७ माघ
देब बोहराको लय शब्द, गोपाल नेपाल जिएम र तुलसी घर्ती मगरको सुमुधुर स्वरमा सजिएको “निको भएन मायाको रोग मेरो” हालै सार्बजनिक भएको छ ।
(बोल्दा बोली नहोस है करौती,
तिम्रो लागि ज्यान दिन्छु धरौटी,
निको भएन मायाको रोग मेरो,
तिमी भैनौ हराउछ निद भोक मेरो,
त्यै भएर यो मनले भन्छ
तिमी जीवन तिमी मुटु,
तिमी धड्कन प्राण सबैथोक मेरो )
प्रेमी प्रेमीका बिचको प्रेम भावलाई समेटेर तयार पारिएको यस गीत आजै युटुब मार्फत सर्बजनिक गरिएको हो । जसमा निर्देशन गरेका सुन्दर लावतीले भने सम्पादन जीवन सेन्चुरीले गरेका छन् । मलेसियाको विभिन्न ठाउँमा छायांकन गरिएको उक्त गितमा देब बोहरा र कसिस दाहालले अभिनय गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया