सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश

काठमाण्डौ ५ पौष २०८१
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशहरू नहकुल सुवेदी र सारंगा सुवेदीको इजलासले शुक्रबार प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो।
प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए।
प्रसाईं मंसिर ४ गते पक्राउ परेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया