सांग्रीलाको हकप्रद पुस १७ गतेदेखि खुल्ने, कहाँ-कहाँबाट भर्न सकिन्छ आवेदन ?

बिजनेसपाटी २८ मंसिर

सांग्रीला डेभलपमेन्ट बैंकले पुस १७ बाट १० बराबर आठ अनुपातमा ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद बिक्री गर्न लागेको हो ।

 मंसिर २७ गते बुधबारदेखि बैंकले हकप्रद जारी गर्न बुक क्लोज गरेकाे थियाे । जसअनुसार मंसिर २६ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका बैंकका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् । बैंकको विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

हकप्रदमा आस्बा सदस्यमा सहभागि सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन गर्न सकिनेछ ।

त्यस्तै विक्री प्रबन्धकको कार्यालय कमलादी, सांग्रीला डेभलपमेन्ट बैंकको कार्यायल बालुवाटार तथा अन्य सम्पुर्ण शाखा कार्यालयबाट आवेदन गर्न सकिनेछ । प्रभु बैंकको शाखाहरु बनेपा, विराटनगर, वीरगञ्ज,जनकपुर, र दमक शाखाबाट पनि आवेदन गर्न सकिने क्यापिटलले जनाएको छ ।

हकप्रदमा अावेदन गर्ने अन्तिम दिन माघ २१ गते रहेकाे छ ।

बैंकको एक अर्ब ३५ करोड चुक्ता पूँजी रहेकोमा ८० प्रतिशत हकप्रद निश्कासनपछि दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्नेछ । केन्दीय  बैंकले ताेकेकाे दुई अर्ब ५० करोड पूँजी गत आर्थिक बर्षको बोनस वितरण गरि कायम गर्ने बैंकले जनाएको छ ।

चालु आवको प्रथम त्रैमासमा बैंकले चार करोड १० लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया