सांसद ढकाल र सभामुख अब्दुद रहीम अब्दुल्लाबीच भेटवार्ता

काठमाडौं १६ फागुन, २०८१ । काठमाडौ । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र मालद्वीपको सभामुख अब्दुल रहीम अब्दुल्ला संग शिष्टाचार भेट गरेका छन् । बिहीबार मालद्वीपको संसद भवनमा भएको भेटमा द्विपक्षीय हित, संसदीय गतिविधि आदानप्रदान अभिबृद्धि र क्षेत्रीय स्तरमा सहकार्य गर्ने विषयमा छलफल भएको ढकालको सचिवालयले जनाएको छ ।

सांसद ढकालले नेपालका सभामुख देबराज घिमिरेको तर्फवाट मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लालाई शुभकामना दिँदै सार्क मुलुकका सभामुख र सांसदहरु बीचको आदानप्रदान बढाउनु पर्ने धारणा राखेका थिए । सभामुख अब्दुल रहीम अब्दुल्लाले नेपाल र मालद्वीप असल मित्रराष्ट्र रहेको बताए ।

सांसद ढकालले नेपालका सभामुख देबराज घिमिरेको तर्फवाट मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लालाई शुभकामना दिदै सार्क मुलुकका सभामुख र सांसदहरु बीचको आवतजावत बढाउनु पर्ने धारणा राखेका थिए । पूर्व मन्त्री समेत रहेका ढकाल मालद्वीपको २ दिने मैत्रीपुर्ण भ्रमणमा छन् । ढकाल प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् । नेपाल र मालद्वीप बीच सन् १९८० मा कुटनैतिक सम्बन्ध स्थापना भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया