साइबर अपराध नियन्त्रण गर्नुपर्ने :डा रामशरण महत

काठमाडौँ ८ श्रावण

आइसिटी पत्रकार विकास मञ्चले हरेक वर्ष प्रदान गर्ने “आइटी अवार्ड–२०७३” यस वर्ष विगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएबापत ग्रिन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टन्डनलाई प्रदान गरिएको छ ।

विगत पाँच वर्षदेखि आइटी, आइसिटी व्यवसायी, सामाजिक, स्वास्थ्य, शैक्षिकलगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई मञ्चले पुरस्कार प्रदान गर्दै आएको छ । मञ्चले विभिन्न क्षेत्रमा योगदान पु¥याएबापत दन्त चिकित्सक डा सुवास घिमिरे, व्यवसायी विश्वराम बलामी, समाजसेवी भवानी पौडेल, हिम्मत श्रेष्ठ, चित्रबहादुर रसाइली र डोल्मा लामालाई प्रदान गरेको छ ।

पूर्वअर्थमन्त्री डा रामशरण महतले आइसिटी पत्रकार विकास मञ्चद्वारा प्रकाशित “साइबर आइसिटी इन्फो” को विमोचन गर्दै पछिल्लो पटक प्रविधिको विकाससँगै साइबर अपराध बढ्दै गएको हुँदा त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद रामेश्वर फुयाँलले मुलुकमा संविधान जारी भइसकेका अवस्थामा त्यसको कार्यान्वयनसँगै देशलाई सूचना प्रविधि, आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढ्न सबै दल एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले अनलाइनलगायत अन्य सञ्चारमाध्यमले समेत इन्टरनेटको दुरुपयोग गरेर प्रकाशन÷प्रसारण गरेकाप्रति काउन्सिलले आचारसंहितालाई कडाइकासाथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया