सातापछिको सेयर बजार साढे २ अंकले बृदि, हेर्नुस कस कसले कमाए ?

काठमाडौं १८ कार्तिक
 साता दिनपछि खुलेको सेयर बजारमा आज  साढे २ अंकको बृदि भएको छ। तर कारोबार रकम भने उल्लेख्य रुपमा घटेको छ। आजको कारोबारमा १२१ कम्पनीका ५३ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच गरेका छन् । वाणिज्य बैंकहरुमध्ये सिभिल बैंकमा सेयरमा लगानीकर्ता तानिएका छन्।
तेस्तै छिमेक लघुवित्त विकास बैंकको सेयरमा पनि लगानीकर्ता आज तानिएका छन् । कम्पनीको ५ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
दुई कम्पनीको सेयर १० प्रतिशत हाराहारीले बढेको छ । आज  एनएमबी माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले आज कमाएका छन्  । आजको कारोबारमा वढि कमाउनेमा भिवोर सोसाइटी डेभलपमेन्ट बैंक, श्रृजना फाइनान्स, छिमेक लघुवित्तका लगानीकर्ता छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया