सानिमा बैंकका सेयरधनीलाई यस्तो सास्ती
काठमाडौँ २८ पौष
सानिमा बैंकका सेयरधनीले बोनस पाउन बोनसमा लाग्ने कर वापतको रकम बुझाउनु पर्ने भएको छ । बैंकले बोनसमा लाग्ने कर रकमको व्यवस्था नगर्दा सेयरधनीहरुले बोनस पाउन शाखा कार्यालयमा पुगेर कर तिर्ने सास्ती समेत पाएका हुन।
बैंकले बिहिबार एक सूचना जारि गर्दै बोनसमा लाग्ने कर रकम बैंकको शाखा कार्यालयमा गएर बुझाउन भनेको हो। कर रकम सानिमा बैंकमा रहेको क्यापिटलको खाता नम्बर ००१०००१०६०७०७ मा जम्मा गर्न बैंकले आग्रह गरेको छ। असोज २९ गते सम्पन्न बैंकको बार्षिक साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताब पारित गरेको थियो । सो बोनसमा लाग्ने कर वापतको नगद लाभांशको व्यवस्था बैंकले नगर्दा बोनस पाउन सेयरधनीले थप कष्ट पाउने भएका हुन् ।
यसरी बैंकको सेयर ०७३ पुस २८ गते पश्चात खरिद गरेर बोनस पाउन योग्य सेयरधनीलाई बोनसमा लाग्ने कर सम्बन्धित सेयरधनीले नै बुझाउनु पर्नेछ । बैंककाे बाेनस सेयर नेप्सेमा पुस २५ गते मंगलबार सूचीकृत भैसकेकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया