सानिमा बैंकको मह जोडिसंग सम्झौता

बिजनेसपाटी २२ माघ ।
सानिमा बैंकले मदन कृष्णश्रेष्ठ तथा हरिबंश आचार्य महजोडीलाई ब्राण्ड प्रवर्धकका रुपमा थप दुई बर्षको लागी निरन्तरता दिने सम्झौता गरेको छ । उँहाहरु बिगत ६ बर्ष देखी बंैकको ब्राण्ड प्रवर्धकका रुपमा आवद्घ हुनुहुन्छ । ‘मह’ जोडी तथा बैंकका कार्यकारी प्रमुख भुवनकुमार दाहाल बिच थप दुई बर्ष ब्राण्ड प्रवर्धकको लागी एक समारोह बिच सम्झौता पत्र हस्ताक्षर भएको हो ।

सम्झौतापत्र हस्ताक्षर समारोहमा ‘मह’ जोडीले सानिमा जस्तो सवल अनि विश्वसनीय बैंकको प्रतिनिधि हुन पाएकोमा खुशी ब्यक्त गरे । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण सानिमा परिवार नै नेपालको प्रतिष्ठीत कलाकारसँगको समिप्यतालाई निरन्तरता दिन पाएकोमा गौरवान्वित रहेको बताए । उक्त सम्झौता अवधिमा महजोडी बैंककको विभिन्न प्रवर्धनात्मक क्रियाकलाप जस्तै—टेलिभिजन कमर्सियल (टि.भि.सी), रेडियो जिङ्गल, पत्र–पत्रिका बिज्ञापन, जनमानस समक्ष उपस्थिती जस्ता कार्यमा संलग्न रहने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया