सानिमा लाइफले ६० करोडको साधारण सेयर आजबाट निष्कासन

काठमाडौं २० साउन २०७८।।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई आजबाट आइपिओ बिक्री खुला गरेको छ। सानिमा लाइफले २४ गतेसम्म सेयर बिक्री गर्ने जनाएको छ।

सानिमा लाइफले १०० रुपैयाँ अंकित दरका ६० करोडको सेयर बिक्री गर्ने भएको छ। सानिमा लाइफको अधिकृत पुँजी २ अर्ब रुपैयाँ रहेको छ। सोको ३० प्रतिशत सेयर बिक्रीमा राखेको हो। यसपछि चुक्ता पुँजी २ अर्ब पुग्ने छ।

बिक्रीमा राखिएकोमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता सामूहिक लगानी कोषलाई बिक्री गर्ने छ। बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले दाबी गर्न पाउने सानिमा लाइफले जनाएको छ।

कम्पनीको सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्छ। बढीमा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ। पछिल्ला प्रवृत्ति अनुसार मागभन्दा कयौं गुणा आवेदन पर्ने भएकाले १० कित्ताका लागि आवेदन गर्दा सर्वसाधारणलाई ठिक हुन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया