सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा माछापुछ्रे बैंकले गर्यो खाद्यान्न वितरण

बिजनेसपाटी ३ बैशाख ।
माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा बैशाख १ गते नव बर्षको उपलक्ष्यमा भिमदत्त नगरपालिका, कञ्चनपुर स्थीत महिला तथा बृद्ध सेवा केन्द्रमा खाद्यान्न वितरण गरेको छ । उक्त आश्रमले प्रदेश नं ७ का ९ वटै जिल्लाका जेष्ठ नागरिक ४७ जना, हिंसा पिडित महिला ८ जना र हिंसा पिडित बालबालिका ८ जना गरि जम्मा ६३ जनालाई संरक्षण गरिरहेको जनाएको छ ।

बैंकले एक कार्यक्रमका बिच आश्रमलाई छ महिनासम्म पुग्ने बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ । आगामी दिनहरुमा यस्ता सामाजिक उत्तरदायित्व वहन गर्न कार्यक्रमहरुमा निरन्तरता दिइरहने समेत बैंकले विज्ञप्ती मार्फत जनाएको छ ।
बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १८ शाखा रहित बैंकिंग समेत गरी जम्मा ८४ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया