सिटिजन्स बैंकको साधारणसभाबाट १६.८५% लाभांश पारित

काठमाडौं,१० असोज ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो एघारांै वार्षिक साधारणसभा बालकृष्ण प्रसाईको अध्यक्षतामा राजधानीको अमृतभोग कम्प्लेक्समा सम्पन्न गरेको छ । सो अवसरमा ७४ आषाढ मसान्तको बैंकको वासलात, आर्थिक वर्ष २०७३÷७४ को नाफा–नोक्सान हिसाब, नाफा–नोक्सान बाँडफाँंड हिसाब, नगद प्रवाह विवरण तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू स्वीकृत भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७३÷७४ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई करीब १६.८५प्रतिशतबोनस शेयर तथा नगद लाभांश दिने भएको छ । यस आर्थिक वर्ष २०७३÷७४ को अन्त्यमा बैकको चुक्तापूँजी रु ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार कायम रहेको छ । प्रस्तावित १६ प्रतिशतबोनस शेयरवितरण पश्चात् बैंकको चुक्तापूँजी रु ८ अर्ब २ करोड ९१ लाख ६० हजार कायम रहने छ ।

आर्थिक वर्ष २०७३÷७४ मा बैंकले आर्जन गरेको संचित मुनाफाबाट बैंकको हालको चुक्तापुँजीको १६ प्रतिशत अर्थात् रु १,१०,७४,७०,३४६ बराबर बोनस शेयर तथा सोको लागि आवश्यक करको निम्तिहालको चुक्तापुजीँको करीब ०.८५ प्रतिशत अर्थात् रु ५,८२,८७,९१३ बराबर नगद लाभांश एघारांै साधारणसभाले पारित गरेको छ । उक्त साधारण सभाबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की सर्वसाधारणको तर्फबाट संचालक समितिको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहक महानुभाबहरुलाई देशभरी फैलिएका यस बैंकको ६२ वटा शाखा, ६१ वटा ए.टि.एम. काउन्टर र९७ वटा शाखारहितआधुनिक बैंकिङ्ग सेवाहरूबाट करिव ३ लाख ५०हजार ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ.।

साथै आफ्नो ग्राहकवर्गहरूलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरुसाथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुबिधाहरुपनिउपलब्ध गराउँदै आएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउदैँ भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया