सिटिजन्स बैंक इन्टरनेशनल र बेलायतको सुपरसोनिक्सबीच सम्झौता

काठमाडौं,७  फागुन  ।

सिटिजन्स बैंक इन्टरनेशनल  र बेलायतको सुपरसोनिक्स लिमिटेडबीच रेमिट्यान्स सम्झौता भएको छ । यूरोपियन मुलुकबाट नेपालमा पैसा पठाउन सहज होस् भनेर बैंकले सो  सम्झौता गरेको हो ।

सम्झौतापछि यूरोपियन मुलुकबाट सुपरसोनिक्स लिमिटेड मार्फत नेपाल पठाएको पैसा सहज रुपमा सिटिजन्स बैंकको नेपालभर रहेको ६७ वटा शाखाहरु र ४५ सयभन्दा बढी सहायक प्रतिनिधिहरुबाट सरल र सहज रुपमा भुक्तानी पाउन सकिन्छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र  सुपरसोनिक्सका निर्देशक अल्मामो फात्तीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंकले यसअघि नै कुबेतको डलर एक्सचेन्ज लिमिटेड, बेलायतको क्यासको फाइनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाइनान्सियल सर्भिसेज र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड लगायतसँग रेमिट्यान्ससँग सम्झौता गरिसकेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया