सिटिजन्स बैंक र ब्लु क्रस डेन्टल क्लिनिक बीच समझदारी

काठमाण्डौ ३० असार २०८१-सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्वार्को, काठमाडौं स्थित ब्लु क्रस डेन्टल क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ब्लु क्रस डेन्टल क्लिनिकमा २०५ सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक(मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै(भरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा ए।टि।एम।, ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया