सिटिजन बैंकको २५ % हकप्रद निष्काशन प्रक्रिया अघि बढ्यो
बिजनेसपाटी २१ मंसिर
सिटिजन बैंक इन्टरनेश्नलले २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। बैंकले हकप्रद निष्काशनका लागि बिक्रि प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ। २०७४ असार मसान्तसम्म चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत बैंकले १ करोड ३८ लाख ४३ हजार ३०० कित्ता हकप्रद शेयर चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निष्काशन गर्ने भएको हो ।
दशौ बार्षिक साधारणसभाबाट बैंकको पारित निर्णय अनुसार २५ प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया अघि बढेको हो। बिक्रि प्रबन्धक नियुक्त गर्ने सम्बन्धि सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन। गत बर्ष ५५ प्रतिशत हकप्रद र ७५ करोड रुपैयाँ बराबरको बोनस वितरण गरी चुक्ता पुंजी ५ अर्ब ५३ करोड पुर्याएको हो। २५ प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ६ अर्ब ९२ करोड पुग्ने छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया