सिटी एक्स्प्रेस र अल् फर्दान एक्सचेञ्जवीच रेमिट्यान्स सम्झौता

काठमाडौँ ६ पौष
यूएईको प्रतिष्ठित रेमिटेन्स कम्पनी अल्फर्दान एक्सचेञ्ज, दुबई र सिटी एक्स्प्रेस मनी ट्रान्स्फरवीच सम्झौतामा हस्ताक्षर भएको छ ।
यो सम्झौतासँगै यूएईमा रहेका नेपालीहरुले कुनै पनि अल् फर्दान एक्सचेन्जको ६४ भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्स्प्रेस मनी ट्रान्स्फरमा रकम पठाउन सक्नेछन् । त्यसरी पठाएको रकम सिटी एक्स्प्रेसको ५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सकिने सिटी एक्प्रेसले जनाएको छ ।
सम्झौतामा सिटी एक्स्प्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डन र अल् फर्दान  एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकारी ओसामा अल् रह्माले  हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि अल फर्दानका रह्माले सिटी एक्स्प्रेससँग सम्झौतामार्फत नेपालमा रेमिट्यान्स  पठाउन झन् सहज हुने र आउने दिनमा यो सम्बन्ध अझ मजबुद हुँदै जाने बताए सिटी एक्स्प्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत ११ बर्षदेखि रेमिट्यान्स सेवा दिदै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया