सिड्नीमा ३० वर्ष यताकै भीषण वर्षा, डढेलो निभ्यो

काठमाडौं, २७ माघ

अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण यातायात प्रभावित बनेको छ भने जनजीवन अस्तव्यस्त भएको छ । वर्षाका कारण हजारौं सर्वसाधारण घर छाड्न बाध्य भएका छन् ।

सिड्नी क्षेत्रमा पछिल्लो चार दिनमा करिब ४ सय मिलिमिटर वर्षा भएको छ । मौसमसम्बन्धी निकायले अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएको छ।

वर्षाका कारण झन्डै एक लाख घरमा बिजुली गएपछि मानिसहरु अन्धकारमा बस्न बाध्य भएका छन् । वर्षाले केही महिनायता न्यू साउथ वेल्सका विभिन्न स्थानमा फैलिएको डढेलो समेत निभाईदिएको छ ।

विगत ७४ दिनदेखि स्वालहेवन नगरनजिकै फैलिरहेको करोवान नामक डढेलो समेत निभेको छ। सो डढेलोले ५ सय हेक्टर क्षेत्रफल प्रभावित पार्नुका साथै ३१२ वटा घर नष्ट गरिदिएको थियो।

मौसम विभागले डढेलो प्रभावित क्षेत्रहरू नै बाढीको बढ्ता खतरामा रहेका र तीव्र गतिमा बग्ने भेलले ठूलो परिमाणमा फोहोर बगाएर ल्याउने चेतावनी दिएको छ।Agency

फेसबुकबाट तपाईको प्रतिक्रिया