सिद्धार्थ बैंकको ‘सिद्धार्थ मेरो शेयर खाता’ संचालनमा, के छन् सुबिदा ?

काठमाडौं ६ भाद्र ।
सिद्धार्थ बैंकले “सिद्धार्थ मेरो शेयर खाता” संचालनमा ल्याएको छ।
यस खाताले आस्वामार्फत शेयर आवेदन गर्न मिल्ने नि:शुल्क अनलाइन आस्वा आवेदन,नि:शुल्क डिम्याट खाता,सिडिएसको अनलाइन आवेदन र डिम्याट खाताको वार्षिक शुल्कमा छुट दिने बैंकले जनाएको छ।

बैंकले यो खातामा पाँच लाख रुपैयाँसम्मको नि:शुल्क दुर्घटना बीमा हुनेछ। बैंकले यो बचत खातामा वार्षिक ६ प्रतिशत वार्षिक ब्याज दिने जनाएको छ।बैंकले यो खाता आफुलार्इ पायक पर्ने बैंकको शाखा र सिद्धार्थ क्यापिटल नारायणचौर नक्सामा खोल्न सकिने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया