सिद्धिचरणका कविता – फुटेको भाग्य

स्वयम्भू शाक्य

मान्छेको जन्म र मृत्यु कहिले हुन्छ थाहा हुन्दैन । यो त निधारमा लेखिएको मिति हो । यो त आ–आफ्नो भाग्यको फल हो । पूर्वजन्मको भोगाई हो । मान्छेले चाहेर पनि पूरा गर्न नसकिने जति परिश्रम गर्दा पनि लक्ष्यमा पुग्न नसकिने के यो भाग्यको खेल हो र ? किन होला दैवले बनाएको भाग्य हो कि मान्छे आपैmले बनाएको गारेटो हो । आँखा भएर पनि अन्धो भए जस्तै, खुट्टा भएर पनि हिँड्न नसके जस्तै मान्छेको भाग्य दैबले कसरी निधारमा कोर्दो रहेछ । कुन मसीले कहिले नमेटिने गरी नमरुन्जेलसम्म अनि मरेपछि खरानी गंगामा बगाएर शून्यमा परिणत नहुन्जेलसम्मका लागि भाग्यको अस्तित्व हुन्दोरहेछ ।
भनिन्छ, स्वर्ग र नर्क मरेपछि कर्मको फल भोग्ने ठाउँ हो । राम्रो र नराम्रो नैतिकताको पाठ सिकाउँने ईश्वरको पाठशाला हो । त्यसैले मान्छे–मान्छे भएर बाँच्नका लागि दानव भएर होइन् मानव भएर बाँच्नु पर्दछ । पञ्चतत्वलाई साक्षी राखेर मान्छेको अन्तिम घर मसान हो भनी बुझ्न सक्नुपर्छ । तत्वले हामीमा चेत खुल्न सक्छ । भाग्यले हामीलाई जहाँ हिँडाएर लगे पनि मनमा दानवको राग छोड्नु पर्दछ । भाग्य त्यस्तो रहेछ जसले नखाएको विष पनि लाग्न सक्छ । फुटेको भाग्यले कर्मको फल पनि नपाउँदो रहेछ । आज मैले विष सुधा पिएको छु । समय र परिस्थितिले बाध्य भएर मेरो लक्ष्यलाई कुल्चिएर आज म यहाँ उभिरहेछु । के थाहा एक छिन पछि के हुने हो ? थाहा छैन, ईश्वरको लिला अपरम्पार छ । जहाँ भविष्यको कुरा भाग्यमा लेखिएको हुन्छ ।
समय मान्छेको भाग्य हो । फुटेको भाग्यमा मुखसम्म पुगेको गाँस पनि खरानी बन्दोरहेछ । मान्छेलाई आँधीबेरीले उडाएर कता कता आफ्नो चाहाना भन्दा धेरै टाढासम्म पु¥याउन्दो रहेछ । अलमलमा परेर समुन्द्रको बीचमा बाटो भूलेर कहिले काही गंगामाताले पनि मान्छेलाई निल्दोरहेछ । त्यसैले मेरो जन्म के को लागि होला ? मृत्यु कहाँ गएर कसरी हुन सक्ला ? थाहा छैन, यो जिन्दगीका थुप्रै बाटाघाटामा जतिसुकै लक्ष्य लिए पनि समयले मान्छेलाई कहिले काहिँ लक्ष्य भन्दा कता कता पु¥याईदिन सक्छ । हो, लक्ष्य र चाहना मनभित्र हुर्किन नपाउँदै मर्न सक्छ ? मलजल गरे पनि जीवनको गोरोटो बाटो नै परिवर्तन भए पछि कसरी म लक्ष्यमा पुग्न सक्छु । चाहना हुँदा हुँदै पनि मेरो इच्छा कहाँ पुरा गर्न सक्छु ।
थाहा भो, भाग्य जन्म जन्मान्तरसम्म कसैले पनि नबुझ्ने भाषा हो । भिख माग्ने मान्छेको दुःखै दुःखको आँशु हो । भाग्यको यो अनौठो खेलमा युगकवि सिद्धिचरण श्रेष्ठ फुटेको भाग्य लिएर अभाग्य मान्छेको कवितामा संजिबनी छर्दैछ ।
कुन्नि के के गर्नलाई जन्म मेरो लोकमा
हेर्छु हर्दम् बदलिएको जीवनी प्रोग्राममा
आज जानाजान मैले विष सुधा भनि प्युनु छ
यस अवस्थामा कसोरी लो भनूँ यै लक्ष्य छ ।

जन्म आपैmमा मृत्यु हो । मृत्यु काल हो । काल भित्र प्राणीहरूको लाम छ । कोहि आज कोहि भोलि मात्र हो । त्यो मृत्यु भित्र यमदूतको अमोघपासले बाँधेपछि मान्छेले के पो गर्न सकिन्छ र ? शक्तिहिन बनेर न बोल्न सक्छ न चल्न सकिन्छ । आँखाले हेरी मनमा मात्र कुरा खेलाउन सकिन्छ । त्यसैले मान्छेको जीवनमा आजको ठूलो महत्व छ । आज विना भोलि कहाँ हुन्छ र ? दिन विना रात कहाँ पर्न सकिन्छ र ? त्यसैले भोलिको फल आजको कर्म हो । कर्म भाग्य बनेर भाग्य नै फुटेपछि आँशु बाहेक अरु के पो पाउन सकिन्छ र ? सिमलको भूवासरी तुच्छ भएर जीउँदो लाश बनेपछि मसान घाटमा सुती पोल्न मात्र बाँकी छ । जन्म, मृत्यु हो । त्यसैले हामी आफ्नो काल आपैmले बोकेर आएका हौं । जसरी छायाँ देहसँग टाँसिन पुग्छ त्यस्तै यो प्रणीजगतमा मृत्यु आफ्नै निधारमा लेखिएको हुन्छ । दिनगन्तीमा क्रमशः ओरालो लागेर पानीको थोपा जस्तो थोपा थोपामा चुहिएर प्राणीहरू माटोमा मिसिनु पर्दोरहेछ ।

माकुराले आफ्नो जाल पैmलाए भैंm काल आपैm कालो बनेर जे सुकै जालझेल गरे पनि मैले के गर्न सक्छु र ? केवल म त लालसामा बाँचेको तुच्छ एउटा मासुको पिण्ड हुँ । प्राण रहेसम्म मान्छे भएर बाँच्नेछु । नदीको किनारामा सुतेको बेला लाश बन्नेछु । आज मेरो प्राण लिनका लागि काल पसेर सबै झ्यालढोकाहरू बन्द गरिसकेका छन् । सास फेर्न गा¥हो बनाई प्राण लिएर हिँड्न कोशिस गर्दैछन् । संकटले आँखा खोल्न नसकेको बेला म छट्पट्टिएर
होला बाघले मृगलाई घाँटी अठ्याएर रगत चुसे जस्तै मेरो प्राणलाई यो शरीरबाट निकाल्न खोज्दैछ । चाँडै गए हुन्थ्यो मेरो प्राण आज लामो दुःख र कष्ट सहेर किन बाँचुँ ? गा¥हो भो अचेत भई बोल्नै सकेन दुई चार कुरा भन्न बाँकी भो । हाय् मलाई के भो के भो दैबले पनि सुन्न सकेन । यमराज कहाँ पुग्ने गरी मेरो नाउँमा एउटा दियो बाली देऊ । दाँया–बायाँ तल–माथि फुत्किने डरले डोरीले बाँधी झिक्यो झिक्यो मुठ्ठीले प्राण कसी फुत्किने हो कसरी पेटको जंजाल हेरी । सकेन किन यमदूतले पनि मेरो प्राण लिन गा¥हो किन ? समय मेरो बाँकी रहेछ त्यसैले होला जिब्रो निकाली भागेर गयो । बाँच्नु पेटको जंजाल रहेछ । भोक लागेको बेला खुवाउँनु पर्छ । चोट पटक कति कति हिँड्दा हिँड्दै मान्छे बेहोस् भएर लड्डो रहेछ ।

काल तेरो जाल कालो गर्दछस् जे गर अब
तुच्छ मानिस लालसाको एक डल्लो हुँ मत
प्राण मेरो छट्पटायो बन्द सारा द्वार छ
फुत्कने हो कसोरी पेटको जंजाल छ ।

आजभोलि मेरो अलि काम छ । हतारै हतारमा काम चाँदै सक्नुछ । त्यसैले तिमी मबाट अलि टाढा भईदिए हुन्थ्यो । दुई दिनको कुरो न हो । यो दुखेको चित्तलाई समयको मलम लगाई दिएर भोक र प्यासबाट अलि टाढा रहन पाए हुन्थ्यो । पल पलमा बेदनाले पिल्सिएर होला चिन्ताको आगोले मलाई जलाउन नखोज । शुन्य शुन्य नै सही यो अस्तित्वलाई खरानी पारे पनि म डुब्न लागेको घाम हुँ । तैपनि केहि दिनको लागि म डुब्न चाहन्न । आकाशमा उडेको स्वतन्त्र चरा जस्तो एकै छिनको लागि म यो बन्धनलाई तोड्न चाहन्छु । युगौ युगसम्म खोल्न नसकिने फलामको ढोका म एक्लै खोल्न नसके पनि खोल्नका लागि प्रयास गर्दैछु । हिड्दा हिँड्दै हिड्न नसक्ने त्यो लामो यात्रामा मेरो प्राण भएसम्म हिँडेर नै पार गर्ने कोशिस गर्दैछु ।
गा¥हो भो दुःख र कष्ट सहेर हिँड्दा जीवनमा तैपनि हिँड्नै पर्ने किन ? मेरो मर्जी इच्छा लागेको दिन आज हिँडिदैन भनी बस्न पाउँने कहिले ? हाय्, चिन्ता बेदनामा पिल्सिदैछु हर्घडी किन ? शुन्य–शुन्य छ यो संसार हेर ? भोलिको दिन आज सम्झेर हेर ? बन्धन रहेछ हाम्रो जीवन कहिले नसक्ने काम किन गर्छो ? कामै कामले वृद्ध भैसकेको छु तैपनि फुर्सद छैन ? इच्छा माथि इच्छा थप्यो, मायामाथि माया भोक प्यास तृष्णाले मात्र जीवन बिती गयो । साँझ प¥यो डर लाग्यो रात हुन थाल्यो । अध्यारोले होला कथै केही देखिएन् । जान्न जान्न पारी म त तिमीले बोलाए पनि, दुखिरहेको यो चित्तलाई अहिले केही नदे ।
पानी चुहिएर गाग्री रित्तो हुन थालिसकेको छ । आखीर समय न हो । समयले गाग्रीलाई रित्तो बनाउँदोरहेछ । अस्तित्व र शक्ति विहिन पारेर खण्ड खण्ड गरी सधाका लागि श्रदाञ्जली दिँदोरहेछ । छायाँ विनाको मान्छे, मान्छे विनाको छायाँ यो बलियो बन्धन सधाका लागि टुट्न खोज्दैछ ।
काल मेरो भाग तँ टाढा जाल कालो त्यो नले,
यो दुखेको चित्तलाई भोक तृष्णा क्यै नदे ।
हाय् चिन्ता बेदनामा पिल्सिदैछु हर्घडी
शून्य भै अस्तित्व सारा जान्न पारी तैपनि ।
मान माने हो घृणाको त्यो इशारा अन्तिम
कीर्ति माने काल तेरो एक बलियो बन्धन ।
भनिन्छ, भाग्यमानीको भूतै कमारो रे । सुनिन्छ, डोकोमा दूध पनि अटाउँन्छ रे । हो–होइन थाहा छैन । छ–छैन हामीले विश्वासको भरमा मात्र चल्छ रे । त्यसैले हे दैव ! यो जन्ममा भाग्य बोकेर आउँन के गर्नु पर्नेरहेछ ? पूर्वजन्मको कुरा मैले कसरी थाहा पाउन सकिन्छ ? मलाई आजको चिन्ता छ , भोलि आजले बनाउने छ । गाँस,बास र कपास नपाई यो धर्तीमा जन्म लिनुको सार के हुन सकिन्छ र ? त्यसैले हे ईश्वर ! मलाई आजको खाँचो छ । भोलि ईश्वरले हेर्ने छ । भाग्य, भाग्य यो कस्तो भाग्य कतै अजिङ्गरको आहारा दैबले पु¥याउने त होइन र ? परिश्रम गर्छु, महेनत गर्छु । मूल्य र मान्यता त्यसैमैं खोज्छु । हिजो के भो मलाई थाहा छैन, आज जे छ त्यसैमा बाँच्नेछु ।

प्रकासित मिति २०७७–७–१७

फेसबुकबाट तपाईको प्रतिक्रिया