सिद्धिचरण र कोपिला
स्वयम्भू शाक्य
कोपिला नव पालुवा हो । ऋतुहरूको वसन्त हो । घाम – छायाँको जीन्दगीमा सधैँ मुस्काइरहने अञ्जान स्वभावको बालक हो । थाहा छैन आगो र पानीको कथा भोलि कसरी हिँड्नु पर्ने हो ? केवल माया र ममता अनि स्याहार र सम्भारले भोक लागेको बेला रुन खोज्नु कोपिलाको कथा हो । हो सिमलको भूवा जस्तै लालप्यारमा कसैको आँखा नलागोस् भनेर खाई नखाई आमा–बाबु हुर्काउन खोज्छ । त्यसैले यो सुन्दर बागभित्र धकमक फुल्ने म कोपिला हुँ । भविष्यको गोरेटोमा बामे सर्ने म मुना हुँ । मलाइ थाहा छैन, यो भवसागरमा के हुन्छ के हुँदैन भनेर त्यसैले मैले धेरै कुरा बुझ्न बाँकी छ । अनि धेरै कुरा सुन्न र हेर्नु पर्नेछ ।
कोपिला आपैmमा सानो हो । सानो आँखाको नानी हो । नानी विना आँखाको महत्व कहाँ हुन सक्छ र ? त्यसैले हिज्जोदेखि आजसम्म हिँडेर भोलिको प्रतिक्षामा कोपिला छ । पानी र माटोको कथामा बागभित्र छर्के नजरको हेराईमा आज विस्तारै ओठमा लाली चढेर होला शरीरमा जवानी आए भैंm रूप रङ्गको परिवर्तनले अब कोपिला होइन पूmल रानी बन्न खोज्दैछन् ।
बालक ईश्वर हो । छलकपट विनाको प्राणी हो । आँखामा मायाको बोेलीले होला यो संसारमा सबैभन्दा प्रिय प्यारो छ । त्यसैले युगकवि कोपिला बनेर आफ्नो भाव यसरी व्यक्त गर्दछन् ।
म कोपिला, होइन फूल रानी
चढदैछ बिस्तार ममा जवानी ।
भन्दैछ मेरो रङ, रूप, बानी,
माटो र पानीहरूको कहानी
आज सुस्त सुस्त हावा चलेकोले होला यो हृदयमा मज्जा आइरहेको छ । थुप्रै सखी संगिनीहरूसँग बसी मनका कुराहरू आँखाले पोख्दैछन् । न्यानो मायाले होला सुनौलो किरण मेरो तनमा छोएर विश्वजगतलाई भन्दैछन् । हाँसी हाँसी पूर्वबाट रवि उडेर यो विश्वलाई कोपिलामाथि भेदभाव नहोस् भन्नका खातीर समानता र न्यायको पाठ पढाउँदैछन् । एकनास अविरल बग्ने नदी जस्तै समयचक्रमा प्राणीको यात्रा तय गर्न खोज्दैछन् । त्यसैले होला म – म भित्र हराएर खुल्ला आकाशमा दिल खोलेर विश्व निहार्न खोज्दैछन ।
आज कविबर खुसी देखिन्छ । पवनको झुकासँगै मन मस्तिष्कमा खुसियालीको रहर फैलाउन्छ । छोएर मात्र पुग्छ यो तनभित्र अनि यो मनभित्र घाम लाग्न सक्छ । मनका कुरा मिलेपछि रमाइलो हुनु स्वाभाविक हो । अपितु कवि कवितामा हराउन खोज्दा यो मन हरियो भएर चरा भैm आकासमा उडेर स्वच्छन्दताले टाढा टाढासम्म पुगी कतै इन्द्रेणीलाई हेर्न खोज्छ । हामीलाई थाहा छ यो संसार मनले थामेको छ । मन भत्केको बेला मन कतै बगेको बेला के थाहा यो संसारमा आफु आफु भित्र हराएर नदीको किनारमा आगोको भोक लाग्न सक्छ । त्यसैले आखिर मन न हो मन मायाको तलाउ हो । मन करुणाको सागर हो । मनले खोजे पछि यो संसारमा वायुवेगले चाहनाको खोजी हुन्छ । आज कविवरको मन हरियो छ । बसन्तको बहार आएर होला आफ्नै आँगनमा खेलिरहे जस्तो लाग्छ । आँखा लोभिएको बेला मन रमाएको बेला यो संसारालाई बुझ्न हामी आँखामा आँशु मात्र नराखी दिल चंगा भएर हाँस्न सक्नु पर्दछ । त्यसैले युगकवि कविता कोर्न थाल्दछन्
भाई हावा भन्दछ सुस्त सुस्त
‘मज्जा छ संसार सखी बिछट्ट’
छोएर मेरो तन घाम भन्छ—
‘हाँसी खुली विश्व निहार्नुपर्छ ।’
पानीको थोपा–थोपा शीतले मेरो अङ्गप्रत्यङ्गलाई चुम्दा लाग्दथ्यो मलाई अब म चाँदै जवानी भएर मन लोभ्याउने सुगन्धित पूmल बनेर निस्किने छु । संसारलाई सजाउँन मेरा थुप्रैं प्रजातिहरूको अभिलाषामा आज म आशक्त छु । रातको पखमा शीतको थोपासँगै मन चञ्चल हुँदा मानौं भर्खरै पग्लेको हिउँ जस्तै स्वच्छ अनि कञ्चन भएर यताउता कताकता बसन्तमा हराएको भ्रमरा जस्तै आज म थाम्न नसकेर कोपिला पूmल बनेर निस्किन खोज्दैछु ।
त्यसैले भनिन्छ कोपिला भोलिको मन लोभ्याउने फुल हो । कोपिला भोलिको बागभित्रको जवानी हो । दिन–रातले सिचिएर शीतको थोपासँग भोलिको प्रतिक्षामा कोपिला फुलको कर्णधार हो । थुप्रै सुख र दुःखका कथाहरू सँगालेर थुप्रै हावा हुरीबाट जोगिएर आज कोपिला भोलिको लागी फुल बन्दैछ । माया ममता अनि मनमोहक भएर सबैको आँखामा टासिनुछ । समयसँगै यो संसारलाई भोलिको दिन सजाउनु छ ।
राती चुही जून बनेर शीत,
मेरो सबै अङ्ग प्रत्यङ्ग धुन्छ,
चाँडै भई पूmल म निस्कनेछु,
संसारलाई म सजाउनेछु ।
सुवास सुगन्धले भरेको छ । मनलाई मनमोहक पार्ने सुगन्धले सुवासको धारमा मौरी पालन गर्दैछ । सौन्दर्यको सारमा प्राणी जगतको आँखा लोभ्याउँन्छ । ढकमक फुलेर मन मस्तिष्कमा अपार आनन्द दिएर आजको कोपिला भोलि बयष्क पूmल बन्नेछ । मेरो सार ढकमक फुल फुल्नुमा रहेछ । मेरो सार सौन्दर्यले रंगीबिरंगी भई हास्नुमा रहेछ । मेरो सार आनन्द आनन्दले अपार माया पाउनुमा रहेछ । त्यसैले म कोपिला हुँ भोलिको माया ममता र स्नेहमा बाँच्नको लागि प्रतिक्षामा छु । आशा छ, भोलिको लागि आज बाच्नु पर्छ कोपिला नझरे युग युगसम्म यो संसारलाई सजाउन सकिन्छ । त्यसैले होला संसार सजाउँन अनि संसारलाई सौन्दर्यको कथा सुनाउँन प्रेम, माया र स्नेहमा युगकवि सिद्धिचरण श्रेष्ठ आपूm कोपिला बनी मन भित्रको कुरा आज ओकल्न खोज्दैछन् ।
सुवासको धार बहाउनेछु,
सौन्दर्यको सार खनाउनेछु,
फुल्नेछु, खुल्नेछु म ढक्कमक्क,
अपार आनन्द खनाउनेछु ।
कोपिला नाबालक छ । नाबालक ईश्वरको अवतार हो । थाहा छैन धेरै कुरा सिक्न बाँकी छ । धेरै कुरा बुझ्न बाँकी छ । केवल बाँकी बाँकीको जीवनमा पूर्णता पाउन समय–चक्रसँग लड्नु छ । भोलिको प्रतिक्षामा थुप्रै घात–प्रतिघातहरू सहेर फुलको कथा तपाई हामीलाई सुनाउने छ ।
प्रकासित मिति २०७७–५–१३
फेसबुकबाट तपाईको प्रतिक्रिया