सिद्धिचरण र दीप कविता

 स्वयम्भू शाक्य

पूर्वबाट उदाएको रवि दिन भरि हिँड्दा हिँड्दै थाकिएर होला आज पश्चिममा अस्ताउँन खोज्दा गगन रगताम्भ भएर संन्ध्यासँगैं रजनी अलि अलि कालो हुँदै गइरहेको छ । तेल सकेर होला एउटा दीप आजका लागि निभ्न खोज्दैछ । प्रकृतिको नियम हो । ढुङ्गा र माटोले यो संसार बनेको छ । रवि सुतेको बेला रजनी बिउँझिनु पर्छ । रजनी सुतेको बेला रवि बिउँझिएर यो जगतमा उज्यालो छर्नु पर्दोरहेछ । त्यसैले होला संन्ध्या न दिन हो न रात । यो त चन्द्र र सूर्यको पालो फेर्ने समय हो । समयले अलि अलि रातो हुन्दै विस्तारै कालोमा परिणत भएर भोलिको प्रतिक्षामा प्राणीहरू पनि निदाउन खोज्छ ।

चन्द्र शितलको प्रतिक हो । शितलमा प्राणीहरूलाई आनन्द आउँनु स्वभाविक हो । त्यसैले होला त्यो आनन्द भित्र प्राणीहरूलाई पनि निद्रा लाग्दोरहेछन् । नवीन वयकी यौटीवाला जो झटपट हटपत ईश्वरको मन्दिरमा घुमेर हतार हतार ऊ आफ्नो गन्तब्यतिर लाग्ने कोशिस गर्छे । किनकि समय ढल्किसकेको छ । एउटा नयाँ नौलो जसले आफ्नो छोटो जीवन विताएर होला ऊ चञ्चल छे । मन्दिरमा गएर भगवान्सँग आफ्नो मनका बह पोख्न खोज्छे । लाग्छ यो संसार नै किन नहोस् उसको लागि सबै नौलो छ । थाहा छैन आज र भोलि अनि दिन र रातमा के फरक छ ? छुट्याउँन गा¥हो छ । अपितु दीप निभेर अध्यारो भए जस्तो दिन ढल्किएर संन्ध्याको आभाष युगकवि पोख्न थाल्छन् ।
साँझ–परीको सारी सारी
अलि अलि बढ्छे रजनी काली,
यौटी बाला नूतन वयकी
झटपट हतपत मन्दिर घुम्छे ।
आशै आशामा बाँचिएको यो जिन्दगीमा कदम कदम कसैलाई विश्वास गर्नु छ । त्यसैले होला आशा मान्छेहरूको जिउने कदम हो । मन पलाउने ठाउँ हो । मलजलले पूmल फुले जस्तै हामीहरूले बाँच्ने एउटा आस्था हो । मान्छे – मान्छे भएर बाँच्न बोली, वचन रसिलो हुनु पर्दोरहेछ । नयन पनि कमलको पूmल जस्तै हाँस्नु पर्ने रहेछ । स्मृतिको त्यो घर भित्र एउटा दीप जलाएर मन मनभित्र सधैँ अटाउँन सक्ने गरि मधुर गुलावी ओठ हुनु पर्नेरहेछ ।
लाग्छ यो जीवन मधुशाला हो । आशाले पलाएको भोलिको विहानी हो । सम्झनै सम्झनाको लामो यात्रा हो । सौन्दर्यभित्रको स्मृतिको कथा हो ।

आशा तिनको कदम–कदममा,
भाषा रसिलो कमल नयनमा,
स्मृतिको घरको दीप जलाई
फुर्दछ मुखमा मधुर गुलाबी ।

वसन्तलाई समालेर होला आज कुसुम र तलिकाहरू नाची नाची त्यो हरियाली भूईमा बसी पवनसँग खेल्दैछन् । मगमग वासना आउँने अनि फरफर पाइला चाली आँखामा बिजाउँन नसक्ने यौवनले झरेकी मधुहोस्लाई देखी युगकवि कल्पना गर्दैछन् । थाहा छ, जवानी आपैmमा खोट लगाउन नसक्ने जीवन हो । सौन्दर्यको खानी हो । वसन्तको बहार हो । पानी तिर्खा लागेको बेला मान्छेलाई जलको मुहान हो । भरीपूर्ण भएर आँखा अन्त लगाउन नसक्ने चुम्बक हो । समय र जीवनको संगम हो । अप्सराहरूको सुन्दर जवानी हो । सुन्दरै सुन्दरको खानी हो । अद्भूत अनि कहिले नअघाउँने आँखाको नानी हो । त्यसैले युगकवि भन्नुहुन्छ ।

निकट सजित कुसुमित लतिकासित
बसूँ बसू रे’ खेल्दै मारुत
मगमग पराग फरफर चाली
तिनको तनमा भर्छ जवानी ।
समय र जीवन पूर्ण जवानी,
अप्सरातुल्य सुन्दरी नानी,
सुन्दरताको सुन्दरी खानी,
कस्तो अद्भुत सुन्दर नानी ।

वसन्तको आगमनले होला आज यो धर्ती नौलो र हरियो छ । गगन भरि चाँदी जस्तो सेतो चादर ओढी यो धर्तीलाई अझ सिंगारिएको छ । त्यसैले होला लह–लहराउँदो बाँसहरू प्रकृतिको दीलमा बसी झरना अनि तलाऊ र जलाशयमा सुन्दर रेखा कोरी हाँसेको देख्दा युगकवि मन मोहित भएर यो स्वर्गभूमि अनि देवभूमि प्रति अथाह प्रेम, माया र स्नेहले मन धपक्क फुलेको बेला मन मस्तिष्कलाई लोभाउँन थाल्छन् ।

सुन्दर हरियालीमा आँखा ओछ्याउँदा म–म भित्र हराउँन खोज्छन् । रमाइरहेका ती चराचुरङ्गीहरू एक आपसमा प्रेमको गीत गाउँन खोज्छन् । मौरीका ती झुण्ड भुण्डहरूले इच्छानुसार पूmलको रसपान गर्न थाल्छन् । निलो त्यो विशाल गगनमा चाँदीको घेराले अझ सौन्दर्य बढाईरहेछन् । त्यसैले मन – मन भित्र सौन्दर्यको पट कोरेर युगकवि आफ्नो धारणा यसरी व्यक्त गर्छन् ।


नूतन हरियो चादर ओढी
लहलदाउँदा बाँसहरू ती
कोर्छन् सरमा सुन्दर रेखा
लेख्छन् मेरो मनमा आहा !

समय सक्न लागेको छ । दिन ढल्केर संन्ध्या हुन थालेको छ । मनले नचाहे पनि यथासिघ्र आज मलाई वारी घरवाट पारी घर पुग्न बीचमा नदी टरेर जानु छ । अध्यारो भई कतै बीचमा बाधा अबरोध आउँला भनी सकेसम्म हत्तार हत्तारमा गतब्य पुग्नुछ । आखीर समय न हो । जहाँ जतिसुकै राम्रो भए पनि समयको पावन्दीले थोपा थोपा चुहेको पानी जस्तै रित्तिएर अन्त कतै बग्नु छ । निशिको दीप निभाई वारी अध्यारो पारी त्यो पल्लो पट्टी फेरि जीवनको नयाँ शुरुवात गर्नु छ ।
शीघ्र मलाई जानु छ पारि
तर देख्दछु यो शोभा वारि
कसरी मैले कदम बढाऊँु
जीवन–निशिको दीप निभाउँ !

हामीले सोच्नु छ । जीवन दीप बनेर बलिरहन् । आफ्नो कारणबाट प्राणी जगतमा कोही कसैलाई कहिल्यै पनि दुःख नपाउन् । त्यसैले कवि कविता बनोस् । दीप बनेर सदाका लागि उज्यालो बनेर बाटो देखाउन् ।

प्रकासित मिति २०७७–५–२५

फेसबुकबाट तपाईको प्रतिक्रिया