सिद्धिचरण श्रेष्ठका आँसु लघुकाव्य

– स्वयम्भू शाक्य

जीवन अनौठो छ । खोजेको चीज भेटउन गाह«ो छ । यो सब भाग्यको खेल हो । भनिन्छ, मान्छे जन्मिदा भाग्य निर्धारमा लेखेर आउँछन् रे ! त्यसैले होला यो भाग्य र अभाग्यको जीवनमा कसैको जीवन भर आँखामा आँसु राखी जिउनुछन् , कोही भूत नैं कमारो बनेर यश, ऐश्वर्य र उपभोगमा जीवन विताउँदैछन् ।

हो , यो सुन्दर संसारमा यो आँखा किन आँसु खोज्दैछन् ? दुःख, व्यथा र पीडाहरुको यो विषादी भवसागरमा यो छाती भित्र किन ज्वारभाट चल्दैछन् ? हेर्न सक्दिन् होला आजको चन्द्रग्रहण, किनकि अशुभको संकत छ । अशुभ–अभाग्यीहरुको लागि ओरालो लाग्ने बाटो हो । छातीमा तीर लागेर रोइरहेकाहरुका लागि आँसुको कथा हो ।

आँसु दुःखहरुको संग्रह हो । अमानवीयताको व्यथा हो । क्षतविक्षत भएर छियाछिया भएको बाटो हो । थोपा थोपामा चुहिएर जीवनको गोरेटोमा सुक्ने पानी हो । त्यसैले होला यो पाप र पुण्यको चोलामा कोही मान्छे पुण्य कमाएर संधाका लागि त्यो साँझमा अस्ताउँन चाहन्छ ।

यो कुरो ध्रुबसत्य होइन् । आजको कलियुगमा पाप र धर्म यो संसारमा छैन । जे छ आज नैं छ । भोलि शुन्य भएकोले बाँचुजेलसम्म यो भौतिक संसारमा सुख सयलमा मोज–मञ्जा गर्नु पर्दछ । मरे पछि डुब्बै राजा भने झैं जसरी भए पनि पैसा कमाउनु छ । चाहे मान्छेको व्यापार गरेर नैं किन नहोस् ? पैसाको आवश्यकतामा मान्छेको मुख रातो छ । त्यसैले यो कलियुगमा सत्यको गीत होइन् असत्यको जीत हुने भएकोले तह नमिलेर के भो ? आ–आफनैं सुरमा लय र ताल विना गीत गाउनेहरुको विगीविगी छ ।

पापको जय छ प्रत्यक्ष
पुण्यको संधै पराजय
तह नमिल्दो यो जगत्मा
भन न कस्तो गीत गाऊँ ?

मान्छे स्वतन्त्र छ । समाजले नैं मान्छेलाई राम्रो नराम्रो बाटो देखाउने भएकोले समाज राम्रो हुनु आवश्यक छ । त्यसैले समाज भित्र बाँचिरहेका हामी मान्छेहरु भेदभावमा होइन् सह–अस्तित्वको भावनामा बाँच्ने आधारको विकास गर्नु पर्दछ । होइन् भने यो समाजले सत्य र असत्य छुट्याउन सकिन्दैन ? न त हामी बीच मेलमिलापको बातावरण नैं दिन सकिन्छ ? अस्पष्ट र छरपस्ट भएको वेथितिले आफूले आफैलाई नैं ढाँटी छद्मभेषीरुपमा बकुलाको चालमा हिड्न हामीलाई लाज लाग्नु पर्ने हो ? प्रथा, कुप्रथा बनेपछि रीतिरिवाज लोभीपापीहरुले दोहो¥याएपछि यो समाजमा न्याय इन्साफको बहालीका लागि क्रान्तिको आवश्यकता छ । व्याप्त थिचोमिचो हटाउनको लागि हामी पनि एक खुड्किलो भएकोले हामी आफैं पनि सुधार हुनु पर्ने आवश्यकता छ । त्यसैले युगकवि भन्छन् ।

कुप्रथाले नारिएको
विषमताले पिल्सिएको
यो विकट गल्ली चहार्न
क्यैं त गाउनु पर्छ मैले
८ ८
क्रान्तिको नवनी पुजारी
शान्तिको गदैं बहाना
आज व्याप्त थिचोमिचोकैं
एक खुड्का म पनि होऊँ ।

हामी बाँच्नुको अर्थ जिउनु मात्र होइन् न कि धन कमाउनु मात्र हो । हामी त प्रकृतिका पालक हुन् । सबै समान छन् यहाँ भेदभाव गर्न पाइदैन । यस्तो भिन्नताको डोरी हामीले संधाका लागि चुडाउनु पर्दछ । होइन् भने हामी न त चल्न सक्छौं न त बोल्न सक्छौं । केवल डोरीले बाँडेर जीउँदो मुर्दा जस्तै मान्छे बाँच्नुको अर्थ के हुन् सक्छ र ? त्यसैले बाँच्नु छ भने समयमै हामीले लाखौं वेवास्ता सहेर सडेगलेका ती फोहरहरु फयाँक्नु छ । अनि मात्र हाम्रो समाज हराभरा हुनेछ । भोक लागेको बेला हामीले खान पाउनु पर्दछ । पृथ्वीका हामी सन्ततिहरु हक अधिकारमा समान रुपमा बाँड्नु पर्दछ । यो लुटको समाज होइन् । यस्तो रीतलाई हामीले पाखा लगाउनु पर्दछ । यस्तो कदापी हुन्दैनन् यो चेतनाले कहिले सहन सक्दैं सक्दैनन् । त्यसैले स्वर्गका राजा इन्द्र नैं किन नहोस् यो समाजको दुर्दशा गर्नेलाई हामीले खोजी खोजी पछार्न युगकवि सन्देश दिन्छन् ः

पृथ्वीका सन्तति सबै हुन्
हक बराबर बाँड्नु पर्छ
हक हडप्ने रीत कस्तो
लूट हो यो हटनु पर्छ ।

८ ८

हुन्न यस्तो, हुन्न यस्तो
चेतनाको सहन दिन्न
इन्द्रलाई नैं पछारी
स्वर्ग नैं नलुटी भएन ।

मान्छेको मति भ्रष्ट भए पछि भूत र प्रेत जस्तो मनपरी छलछामले मनुष्यकैं पुजा लिएर अप्सराहरुलाई नचाउँदैं स्वर्ग घुम्ने इच्छा गर्दोरहेछ । ढोगैं ढोगमा अध्यारो दिन दीन बनाएर धाप माथि टेक्न लगाउँदै सत्य होइन् असत्यको आवादी गर्न खोज्दैछन् । हो वेनियममा हिडेंपछि सीधा होइन् बाँङ्गोटिङ्गो हुनु स्वभाविक हो । त्यसैले भनिन्छ वेनियममा भय छ, न्याय होइन् अन्याय छ । मान्छे–मान्छे भित्र मान्छेलाई खान खोज्दैछ ? भोक छ । प्यास छ । नग्नताको ताण्डवनृत्य छ । त्यसैले समाजले बोल्नु पर्दछ । मुखमा कोचिएको कपडा खोल्नु पर्दछ । हातखुट्टा स्वतन्त्र हुन् बाँधिएको डोरी खोल्नैं पर्दछ ।

आज मान्छे खान्छ मान्छे
टोक्छ आफै आफूलाई
भोक, प्यास र नग्नताको
आज ताण्डवनृत्य कस्तो ?
८ ८
बोल्न खोज्छु बोल्न हुन्न
गर्न खोज्छु गर्न हुन्न
के छ मुखमा कोचिएको
हातखुट्टा बाँधिएको ।

हुन सक्छ, यो हद्य विदव्ध पारेर निर्धोलाई थिच्दैं मनुज– मनुज भित्र मनपरी किन गर्न खोज्छन् ? कलह–झगडा, विद्रोह बाधा शान्तिद्रोही यहाँको चलन यस्तै हो कि ? यो हुनै सक्दैन किनकि शिशिरको जाडो नखाई बसन्तको मुहार कहाँ खुुल्न सक्छ ? आँसु विना विद्रोहीले क्रान्तिको जीत हुन्नै सक्दैन ? हो आज गगनमा कालो बादल मडारेको छ । वृष्टि भई यो जगतमा फेरी हरियो पलाउँदैछ ।

हाँस्न पाउनु पर्छ, होइन भने रुन्न पाउने मेरो अधिकार हो । अत्याचारको रुख त काट्न दिइएन् तर शान्तिको वीऊ त रोप्न पाउनु पर्दछ । सूर्यलाई बादलले जतिसुकैं ढाकेपनि सूर्य जाज्वल्यमान भएर होला काला बादलहरुलाई चिदैं पारिलो घामले यो जगतलाई उदार गर्छ । त्यसैले हामी पनि यो जगतलाई के दिन सकिन्छ भनेर सोच्न सकिन्छ ।

आँसु छैन भने नजरमा
क्रान्ति त्यसैले गर्छ के र ?
शिशिरको जाडो नखाई
छ र बसन्त कहाँ खुलेको ?
८ ८
सूर्य झैं जाज्वल्यमान
झुक्ने मेरो विचार
नगरीकन बाहिर प्रकाश
बस्न मैले हुन्न हुन्न ।

हो, मान्छेको जिन्दगीमा आँसु अलिकता भए पनि चहिदोरहेन्छ । किनकि आँसु विनाको जिन्दगी, जिन्दगी होइन् रहेछ । चेतनाको लागि आँसु, प्रेम र मायाको लागि आँसु, सन्ततिका लागि पनि अलिकता आँसु चाहिनेरहेछ ।

भनिन्छ, क्रान्ति र शान्ति आँसुमा जमिन्छ । त्यसैले होला आँसु सृष्टिको धार हो । प्रितीको अवतार हो । रोगहरुको सञ्जीवनी हो । दुःखीहरुको औषधी हो । विकासको मुहान हो । सृष्टिको विहानी हो । त्यसैले यो हदयभित्र अलिकता माया र ममता बाँकी छ भने त्यो नैं आँसुको सार हो ।

आँसु मृत सञ्जीवनी हो
आँसु तापविनाशिनी हो
आँसु मेरो जीवनी हो
आँसु सृजनाको ऋणी हो ।
८ ८
आँसुमैं जन्मन्छ क्रान्ति
आँसुमैं जन्मन्छ शान्ति
सृष्टिको श्रृङ्गार आँसु
प्रितीको अवतार आँसु

यो कुरो ध्रुबसत्य हो । कतैं हामी पुग्नलाई हिड्नैं पर्छ न कि नहिडी पुग्न सकिन्छ ? मिल्नलाई छोड्नु पर्छ न कि नछोडी मिल्न सकिन्छ ? त्यसैले दिन पछि रात, रात पछि दिन आए जस्तैं रुनु न हाँस्नु आफैमा पुरक हो । प्रेम, माया र स्नेहको बन्धनमा आँसुको गहिरो सम्बन्ध भएर होला हृदय–हृदय भित्र, मन–मन भित्र, आत्मा–आत्मा भित्र, तन–तन भित्र मानौं सृष्टिले सौन्दर्य ताने जस्तै दिलको कुरा आँखाले बुझे जस्तै ढुकुटीको साँचो विश्वासमा कसैलाई दिए जस्तै यो जीवन चङ्गा भएर उड्न चाहन्छन् ।

पुग्नलाई हिँडनु पर्छ
मिल्नलाई छोड्नु पर्छ
हाँस्नलाई पनि त रुनको
आवश्यकता परिरहन्छ ।
८ ८
मधुर बन्धनको कडीले
आज प्राण–प्राण मिल्छ
हृदयको सम्बन्ध गहिरो
आँसुले जोडिरहेछ ।

यो अनौठो संसारमा मान्छेको जीवन बुझ्न नसक्नु छ । त्यसैले होला अभाग्यीको यो निधारमा पेटभरी खान नपाएर एक गाँसको लागि भीख माग्दैं खाली हृदय शुन्य शुन्यमैं मानव बस्ती उजार हुन्दैछ । थाहा छैन यो कस्तो प्रणाली हो, जहाँ नीति नियमको उपेक्षा गरिन्छ ? मान्छे र पशुकाबीच एउटै व्यवहार गरिन्छ ? यो त कदापी हुन सक्दैन ! मान्छे बाँच्नु र मर्नु मात्र होइन्, मान्छे यो संसारमा बाँच्ने विवेकहिन प्राणी होइन् । त्यसैले आज उठ्नु छ । मक्किसकेको यो व्यवस्थालाई उखेली फाल्नु छ । हात–हातमा मसाल बोकी यो अध्यारोलाई चिर्नु छ । जेल र नेलको कुनै परवाह नगरी घाँटीमा बाँडेको यो जञ्जीरलाई धूजाधूजा पार्नुछ ।

हो, शताव्दी देखि चल्दैं आएको यो संसारमा आजसम्म यतिको कालखण्ड वित्तीसक्दा पनि हामी किन एक गाँसका लागि यो मानव जीवन तर्पिरहेछ ? आज बोल्नु छ । पापको भण्डाफोर गर्नुछ । विना जगको यो घरलाई भत्काई नयाँ घरको निर्माण गरी गाँस, बाँस र कपासको आवश्यकता पुरा गर्नुछ ।

पेट खाली हृदय खाली
आज कस्तो यो प्रणाली
पशु समान मप्यो र बाँच्यो
आज मान्छे के भएको ?

८ ८
खान लाउनको प्रबन्ध
किन नमिल्नु आजसम्म
यतिका युग वित्तीसकेको
कालको यो चाल कस्तो ?

आज हामी रुनु छ । दुःख, व्यथा र पीडा सहेर आँसुको गीत गाउँनु छ । संधा संधाका लागि यो पृथ्वीलाई उचाल्न अन्याय र अत्याचारलाई पाखा लगाउनु छ । त्यसैले होला हामीले शान्तिका लागि क्रान्ति गर्न एक अञ्जुली पानी पिएर भोक प्यास मेटाई आँसु झार्नु छ । विजय निश्चत छ । मन, वचन र कर्मले सत्यलाई साथ दिए पछि क्रान्तिका जन्मदाता आँसु हुनु स्वभाविक हो । यो भिषण आगोमा यो जगतलाई बचाउन आँसुको धारा बगाउनु छ ।

क्रान्ति नैं शान्ति हुन्छ
क्रान्ति ल्याउनु आँसु झर्छ
सृष्टिकर्ता शान्तिधर्ता
आँसु नैं हो जन्मदाता
८ ८
आज रोई गीत गाई
पृथ्वीलाई उचाल्नेछु
आज रोई पीर पखाली
पीरलाई मासनेछु ।

संसार परिवर्तनशील छ । त्यसैले आजले भोलिलाई, भोलिले पर्सिलाई जन्म दिन्छन् । दूध–दही बन्ने जस्तै आजको सानो टुसा भोलि झाङ्ग बन्न सक्छन् । त्यसैले यो मानव जीवनमा जे छ आज छ । आज राम्रो भयो भने भोलि पक्कैं राम्रो हुनेछ ।

आज हामीले केही गर्नु छ । डर, क्रास र भयको आलीलाई तोडेर यो जगतमा सत्यको बीऊ रोप्नु छ । हो अलिकता हामीलाई कष्ट हुन सक्छ । अलिकता मर्का पनि । यो डरैं डरको जीवनमा हामीले अलिकता डर फालेर आजको निर्माणको निम्ति सबै एकजुट भएर देशको लागि केही गर्नु पर्दछ ।

म चाहन्छु, यो जीवनमा मेरो जन्म र कर्मभूमिमा मनुजको सेवा गरेर मर्न पाँए हुन्थ्यो । ग्लानी ग्लानी भएर बाँचेको यो जीवनमा अलिकता दियोमा तेल थप्न पाए हुन्थ्यो । विध्न र बाधालाई पन्छाएर वीरताका साथ डरलाई संधाका लागि पोको पार्न पाए हुन्थ्यो । शोषणैं शोषणको यो जाललाई संधाका लागि कैचीले टुक्रा टुक्रा परिर यो जन्मभूमिमा नयाँ आवाद गर्न पाए हुन्थ्यो ।

दूध नपिएको हिजोको
आज दही पो भै जमेछ
वेनियम सानो हिजोको
आजको स्थिति भै फैलिएछ ।
८ ८
क्रूर भयको आली तोडी
ज्ञानधारा अब बहन्छ
सत्य मानवले जगत्को
अब नयाँ आवाद गर्छ ।

 

प्रकाशित मिति २०७४-६-९

फेसबुकबाट तपाईको प्रतिक्रिया