सिन्धु विकास बैंकको ८० प्रतिशत हकप्रद शेयर आउने
काठमाडौं, २१ असार ।
सिन्धु विकास बैंकको १० बराबर ८ कित्ता अनुपातको हकप्रद शेयर आउने भएको छ । नेपाल धितोपत्र बोर्डले बैंकको ८० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि स्विकृत दिएसँगै लगानीकर्ताले हकप्रद शेयर पाउने निश्चित भएको हो ।
बैंकले २० करोड ९७ लाख ५४ हजार रुपैयाँ बराबरको २० लाख ९७ हजार ५ सय ४० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । एनआईबिएल क्यापिटल मार्केट लिमिटेड बैंकको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया