सिभिल बैंक लिमिटेडको ५८औं शाखा दमक नगरपालिकामा

बिजनेसपाटी २ चैत्र ।
सिभिल बैंक लिमिटेडले आफ्नो ५८औं शाखा दमकको फर्निचर लाईनमा स्थापना गरेको छ । सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नर चिन्तामणि शिवाकोटीले गरे ।
उक्त शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नर चिन्तामणि शिवाकोटी, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरी, दमक नगरपालिकाका वडा अध्यक्षहरु लगायत सो क्षेत्रका उद्योगी व्यवसायी गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाललाई समृद्धितर्पm लैजान हामी सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागी आवश्यक पुजीँको निर्माण गर्न आग्रह गरे । नेपाल राष्ट्र बैंकले आफ्नो नियमक निकायको जिम्मेवारीलाई बहन गर्दै हरेक स्थानीय तहमा बित्तिय पहुँच पु¥याउने नीति अनुरुप हरेक स्थानीय निकायमा कम्तीमा एउटा वाणीज्य बैंकको शाखा खोल्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको कुरा पनि बताए ।
उक्त कार्यक्रममा दमक नगरपालिकाका वडा नं ६का अध्यक्ष टेक बहादुर थापाले सिभिल बैंक लिमिटेडलाई दमकमा स्वागत गर्दै बैंकका विविध निक्षेप तथा कर्जा सुविधाले स्थानीयको आर्थिक स्थिति उकास्न टेवा पु¥याउने कुरा बताए ।
सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी प्रविधिकेन्द्रित सेवा लगायत अन्य सन्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
सिभिल बैंकले हालसम्म २ लाख भन्दा बढी ग्राहकहरु रहेको र रु.३७ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु.३६ अर्व कर्जा लगानी गरेको छ । यस बैंकले यसै त्रैमासको अन्त्यसम्ममा खोलिने थप शाखा सहित बैंकको कुल शाखा संख्या ५९ पुग्ने बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया