सिभिल बैंक लिमिटेड र एभरेस्ट इन्स्योरेन्सबीच सम्झौता
बिजनेसपाटी २६ फगुन ।
सिभिल बैंक लिमिटेडले निर्जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले एभरेस्ट इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एभरेस्ट इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताबाट एभरेस्ट इन्स्योरेन्सको निर्जीवन वीमा सेवालाई विना झन्झट प्रदान गरी आफ्ना ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । साथै बैंकले यस अघि मेटलाइफ र एल.आई.सी. नेपालसंग सम्झौता गरी जीवन वीमा सेवा समेत उपलब्ध गराउँदै आइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया