सुनको मूल्यमा निरन्तर वृद्धि

काठमाडौंं, फागुन २२, २०८१ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा विहीबार सुन प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि बुधबारका तुलनामा तेलामा ३५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केहि दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर वृद्धि भएको छ ।

त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भएको छ । बुधबार चाँदी एक हजार ९५० रुपैयाँमा किनबेच भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया