सुनको मूल्य एकैदिन तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
काठमाडौं १० मंसिर २०८१।
नेपाली बजारमा एकैदिन सुनको मुल्यमा भारी गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । जबकि आइतबार छापावाल सुनको लाख १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो ।
सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय गरेसँगै बजारमा भारी गिरावट आएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया