सुनचाँदीको मूल्यमा गिरावट

बिजनेसपाटी सम्बाददाता,

काठमाडौँ  ३ श्रावण 

सोमबार सुनचाँदीको मूल्य घटेको  छ । आइतबार  प्रति तोला ५८ हजार ८ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३  सयले घटेर प्रति तोला ५८ हजार ५  सयमा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन भने प्रति तोला ५८ हजार २  सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी भने तोलामा ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचांदी व्यवसायी संघले आज सोमबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ५० हजार १  सय ५५  रुपैयाँ कायम गरेको छ । संघले प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९  हजार ९  सय ४०  रुपैयाँ कायम गरेको छ।  त्यस्तै चांदीको मुल्य भने  प्रति १० ग्रामको ७ सय ७१ रुपियाँ ५० पैसा कायम गरेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया