सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं, फागुन २७ । आज (मंगलबार) नेपाली बजारमा सुन र चाँदीको केही गिरावट देखिएको छ । आज सुन मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया