‘सुनचाँदी व्यवसायको स्तरवृद्धिमा मेरा ४ प्राथमिकता छन्’–अध्यक्ष शाक्य(अन्तर्वार्ता)

माणिक रत्न शाक्य : अध्यक्ष

नेपाल सुनचाँदी व्यवसायी महासंघ

नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा निर्वाचित भएर आउनु भएको छ । सूनचाँदी व्यवसायको क्षेत्रमा के कस्ता काम गर्ने योजना बनाउनु भएको छ?
हाम्रो तेश्रो महाधिवेशनबाट नयाँ कार्य समिति चयन भएको छ । लगत्तै, अहिले हामीले सुनचाँदी व्यवसायको सुधारका लागि ४ वटा मुख्य पिल्लरहरुमा आधारित रहेर काम गर्ने योजना बनाएका छौ । पहिलो उपभोक्ताहरुका लागि गुणस्तरयुक्त, सरल र सहज तरिकाको सेवा तथा प्रोडक्ट उपलब्ध गराउनेमा हामी जोड दिन्छौ । व्यापारको लागि सबैभन्दा मुख्य भनेको उपभोक्ता नै हुन् । उपभोक्ताको काम राम्रोसँग गर्न सकेनौ, गुणस्तर दिन सकेनौ, मुल्यको पारदर्शिता हुन सकेन, तौलमा एकरुपता हुन सकेन भने त्यो विश्वसनीय व्यवसाय हुदैन । विश्वासनीय हुन नसके त्यो व्यवसाय टिक्दैन ।
अहिलेको कोरोना माहामारीको समयमा सबै उद्योग व्यवसाय, अर्थतन्त्रमा सुस्ती आएको छ । त्यसकारण अहिले त यस व्यवसाय पनि त्यति चलायमान भइसकेको छैन । तर क्रमिक रुपमा सुधार हुनेमा छ ।
अब हामीले उपभोक्तालाई प्रभावकारी सेवा दिने पार्टमा नै प्राथमिकताका साथ काम गछौ । त्यसमा गुणस्तर, मुल्य, वजन लगायतका कुराहरु आउँछन् । नयाँ र आधुनिक सबै डिजाइनका गरगहनाहरु अत्यन्तै प्रर्बद्धन गर्ने खालको उपभोक्तामैत्री कामहरु अघि बढाउने हाम्रा कार्यक्रम छन् ।
दोश्रो पिल्लर कालीगढ हुन् । कालीगढहरुले हामीलाई व्यवसाय गर्नका निम्ती, गरगहनाहरु निर्माणमा महत्वपूर्ण भुमिका पर्दा पछाडी रहेर निभाउँदै आएका छन् । उहाँहरुले जुन किसिमको काम गरेर आफनो कला, क्षमता, कौशलता, सीप देखाएर गहनाहरु बनाइरहनु भएको छ । त्यसको मुल्याङकन गर्दै उहाँहरुलाई रोजगारी सुरक्षा र नियमित आयका लागि हुनुपर्ने व्यवस्थालाई हामीले महासंघको तर्फबाट विभिन्न नीति नियम मार्फत ग्यारेन्टी गर्ने खालको योजना अघि बढाउँदै छौ ।
त्यसैगरी तेश्रो पिल्लर व्यवसायी हुन् । हामीसँग अहिले देशभर गरेर २० हजार भन्दा बढी व्यवसायीहरु आबद्ध छन् महासंघ अन्र्तगत । उहाँहरुको आफनो व्यवसायको लगानीको सुरक्षा, व्यवसायको प्रर्वद्धन र उहाँहरुलाई आफनो व्यवसाय सुरक्षित र कानुनी रुपमा मार्यादित बनाएर अघाडी बढाउने क्रममा जुन किसिमको कार्यक्रमहरु आवश्यक छन् । ती व्यवसायीलाई फोकस गरेर हामी ल्याउँछौ । अन्तिम चौथो पिल्लरको रुपमा राष्ट्रिय अर्थतन्त्रलाई सुनचाँदी व्यवसायको माध्यमबाट योगदान दिने छ । त्यो राजस्वको मार्फतबाट हुनसक्छ, रोजगारीको मार्फतबाट हुनसक्छ, अर्थतन्त्रलाई चलाएमान बनाउन जुन आर्थिक गतिविधि बढाउनु पर्ने हुन्छ त्यसको माध्यमबाट पनि हुनसक्छ । विभिन्न हिसावले देशको अर्थतन्त्रलाई विकास गरेर लिएर जानलाई सुनचाँदीको तर्फबाट पनि योगदान दिएर नेपालको विकासमा योगदान दिने खालको कार्यक्रमहरु लिएर हामी अघि बढ्दैछौ ।

सुनचाँदीको मुल्यमा विगत एक बर्षयता निकै ठुलो परिवर्तन आएको छ । उतारचढाब उस्तै छ । के कारण हो ?

मुल्य बढ्नुमा राष्ट्रिय र अन्र्तराष्टिय दुबै कारण छन् । एउटा सुनको भन्सादर बढेकोले मुल्य बढेको हो । पहिला ६ हजार ५ सय थियो अहिले ८ हजार ५ सय प्रति १० ग्राम बनाएको छ । त्यसले पनि दुइ हजार त त्यत्तिकै बढ्यो । अर्को अमेरिकी डलरको नेपाली सटही दर ११२, ११३ बाट बढ्दै गएर १२२ सम्म पुग्यो । यो एक्चेन्ज रेटले जुन भाउ बृद्धि हुनासाथ जसरी ११० बाट १२० हुँदा १० रुपैँया बढ्यो । त्यो १० रुपैँया बढेको कारणले नै सपोज एक औं सुनमा नै १८ सय डलर परिरहेको छ भने १८ हजार रुपैँया त त्यो १० रुपयाँ एक्चेन्ज दर बढ्दाबाटै बढेको हुन्छ । त्यो एक्चेन्ज रेटले नै हामीलाई अलिकति असर गरिरहेको छ । त्यसको आलवा विदेशी अन्र्तराष्ट्रिय अर्थतन्त्रमा जुन किसिमले कोरोनाले, वा युद्धका कारण आदिले हुनसक्छ अथवा अघोषित टे«ड वार लगायत विविध कुराहरु आएका छन् । जस्तो कुरानाकै कुरा गर्दा भ्याक्सिन नआउँदा एउटा कुरा थियो । अहिले भ्याक्सिन आएको छ । अहिले अर्को अवस्था छ । त्यसमाथी पनि सेकेन्ड वयब भन्दै कोरोना भन्दा अझै घातक अर्को भाइरस आयो भनेर हल्ला आएका छन् । यी विभिन्न कुरा छन् जसले सुनको मुल्यमा प्रत्यक्ष प्रभाव पार्छ ।
अरु धेरै कुराहरु पनि छन् । त्यो पछाडी भुराजनीति र आर्थिक कारणहरुले गर्दाखेरी सुनको मुल्यमा प्रेसर परेर सुनको मुल्य पनि बृद्धि भएको छ । अस्ति इतिहासमै सबैभन्दा बढी २०८४ डलरसम्म सुनको भाउ पुग्यो । अहिले अलिकति घटेको छ । त्यो किसिमको उतारचढाब भोलाटायल छ । त्यसले पनि सुनको भाउ एकैपटक ७० हजारबाट बढेर १ लाख ३ हजार ५ सयसम्म पुग्यो । अहिले त्यो घटेर ९२ हजार वरीपरि आइपुगेको छ । यसरी एकै तोला सुनमा समेत ३०–४० हजारसम्म भाउ तलमाथी भएको यो एकबर्ष यता नै हो ।

अझै बढ्ने सम्भावना कत्तिको छ ?
अमेरिकामा अहिले जुन नयाँ राष्ट्रपती आएका छन् । उहाँले नयाँ स्टुमुलेशन प्याकेज १.९ ट्रिलियन डलरको ल्याउँदैछन् । त्यो पैसा त्यहाँको सिटिजन सबैलाई खातामा एक जनालाई १४सय डलर हाल्दैछ । ट्रम्पको पालामा पनि राहत प्याकेजको रुपमा हरेक नागरिकको खातामा १२ सय डलरको दरले हालेका थिए । त्यो भन्दा अघि कोरोनाका कारण बेरोजगार भएकाहरुलाई ६ सयका दरले खातामा हालिदिएका थिए । अहिले नयाँ राष्ट्रपती जो बाइडेन आइसकेपछी उहाँले १४ सय डलर हरेक नागरिकको खातामा हालेर अर्थतन्त्रलाई अलिकति बुष्ट गर्ने खालको प्याकेज दिएको छ । त्यो पैसा बाहिर आएपछी अमेरिकी डलर अलिकति कमजोर हुनसक्ने सम्भावना हुन्छ । त्यो पैसा थोरै होइन । उनीहरुले धेरै पैसा ऋण लिएर चलाउनु पर्ने हुन्छ । त्यसरी चलाइसकेपछी त्यसबाट ब्याजदर घट्ने सम्भावना हुन्छ । व्याजदर घट्नासाथ त्यसको सिधा प्रभाव सुनमा हुन्छ । सुनको भाउ बढ्न सक्छ । यता व्याजदर घट्छ । अमेरिकी मुद्रा प्रति विश्वको जुन एउटा रिर्जभ करेन्सीको रुपमा विश्वास छ । त्यो विश्वासमा कमी आउँछ । त्यो कमी आइसकेपछी त्यसको प्रभावले सुनको भाउ बढ्न सक्ने सम्भावना छ । त्यसकारण अहिले विभिन्न अन्र्तराष्ट्रिय वीज्ञहरुले सुनको भाउ २५ सय डलरसम्म पुग्नसक्छ भनेर अनुमान गरेका छन् । अहिले १८५०–६० कोरेन्जमा छ । त्यही अनुपातमा तिनीहरुले भनेझै बढ्यो भने निकट भविष्यमै फेरी पनि सुनको भाउ अकल्पनीय रुपमा बढ्नपनि सक्छ ।

अन्त्यमा, सुनचाँदी व्यवसाय कत्तिको फस्टाउँदो छ ? के छ अवस्था ?
मुल्यबृद्धि एउटा कुरा भयो । कोरोनाको कारणले गर्दाखेरी नेपाली दाजुभाइ दिदी बहिनीहरुको आयस्रोत घटेको छ । धेरैले रोजगारी समेत गुमाएका छन् । कतिपयले कोरोनाकै कारण आधा तलब थापेर आयस्रोत कमजोर भएको छ । धेरैको धेरैथरी व्यवसायीहरु राम्रोसँग चलिरहेको छैन । त्यसकारण सुनचाँदीमा अहिलेको सिजनको बेलामा पनि जुन किसिमको चहलपहल र माग आउनु पर्ने त्यो आएको छैन । व्यापार मन्दीमै छ । क्रमिक सुधार हुनुपर्छ जस्तो मलाई लाग्छ । किनकी फागुनमा लगन पनि छ । चहलपहल अव देखिएला जस्तो मलाई लाग्छ ।
प्रस्तुती : रिसव गौतम–टिका तिमल्सिना

फेसबुकबाट तपाईको प्रतिक्रिया