सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं ११ फागुन, २०८१

निरन्तर उकालो लागिरहेको सुनको मूल्य आज (आइतबार) पनि बढेको छ ।

नेपाली बजारमा सुनका भाउ दिनैपिच्छे जस्कतो बढिरहेको छ । तर शुक्रबार भने प्रतितोला एक हजार रूपैयाँले घटेको थियो । आइतबार भने सुनको भाउमा प्रतितोला रु ३०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार रूपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९० रूपैयाँ कायम थियो । आज भने चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया