सुन तोलामा ४०० रुपैयाँले बढ्यो

काठमाडौं २ फागुन २०८१। नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार २०० रुपैयाँ कायम छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँ कारोबार भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया