“सेञ्चुरी डिबेन्चर २०८८”नेप्सेमा सूचीकृत
काठमाण्डौ १७ असार २०७९ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बीच १० वर्ष अवधि तथा वार्षिक १०.५०% व्याजदर भएको “सेञ्चुरी डिबेन्चर २०८८” डिबेन्चर ऋणपत्रको सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री आव्हान गरेको थियो ।
सर्वसाधारणमा वितरण गरिएको २२,००,००० थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम ०७९÷०३÷१५ गतेको निर्णयानुसार उक्त ऋणपत्र स्टक एक्सचेञ्जमा सूचीकरण गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया