सेयरबजारको उतारचढावबारे गभर्नर नेपालको धारणा

सेयरबजारमा उतार चढाव भईरहन्छ, संसारमा जहाँ पनि यो हुन्छ । माथि गयो भने माथि नै रोकियोस माथि नै भईरहोस भन्ने हुँदैन, तलमाथि हुने सेयरबजारको नेचर नै हो । तलमाथि भई नै रहन्छ । नीतिगत कुराले यस्तो भई नै रहन्छ ।

नेपालको सन्दर्भमा बैंक तथा वित्तीय क्षेत्रको हिस्सा सेयरबजारमा धेरै भएकाले केन्द्रीय बैंकले पनि सेयरबजारको नेचरलाई नियालेर हेरिरहेको छ । त्यसकारण सेयरबजार ओर्लियो भन्ने वित्तिकै आत्तिने र माथि गयो भने प्रफुल्लित हुने होईन ।

सेयर बजार दिर्घकालको लागि हो । सेयरबजारमा जम्मा भएको पैसा पनि कुनै एक संस्थाले एक क्षेत्रमा लगानी गर्छ । यो हो सेयरबजारको थिम। क्यापिटल मार्केट भनेको छरिएर रहेको पैसा एकिकृत गर्ने हो ।

तपाईहरु नै हेर्नुस न,वाणिज्य बैंकको क्यापिटल आठ अर्ब गराउदा कत्रो हाउगुजी थियो । बाफरे बर्वाद भयो, सकियो भन्ने थियो । अहिले तिनै व्यक्तिहरुले १६ अर्ब गर्नुपर्ने, १२ अर्ब गर्नुपर्ने भन्न थालेका छन् । जनताकै पैसा उठाइयो,आठ अर्ब बनाउन नेपालीले नै पैसा हाले, घरमा भएको पैसा हाले भनेपछि सेयरबजार कत्रो राम्रो ठाँउ रहेछ । यो लामो समयका लागि हो । यसकारण बजारमा उतारचढाव भई नै रहन्छ । यसबाट आत्तिनु पर्दैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया