सेयरबजार माफिया मुक्त कहिले होला ?

– नयन्द्र बास्तोला 
आम लगानिकर्ताको धैर्यताको सिमा धेरै नै भएकाले होला नेपालको पुँजिबजारमा माफियाहरुले गाडेको जरो कुनैपनि सम्बन्धित निकायले निकाल्न सकेका छैनन । हैनभने अब त अति भएन धितोपत्रबोर्ड, नेप्से र अर्थमन्त्रालय ?
बिश्वको पुँजिबजार कहाँ पुगिसक्यो ! हाम्रो पुँजिबजारलाई यति आक्रमण गरिन्छ  । यो मेरो श्रीमतीको पेवा वा बाबुको अंस जस्तै गरि मुख्यगरी पुँजिबजारको दोश्रो बजारलाई बिकाश गर्न दिदैनन ।
यस्ता कुराहरुबाट सम्बन्धित निकायहरु चुप लागेर बस्दा उनिहरुमाथी नै आक्रोशित लगानिकर्ताले औला उठाउन थालेका छन । र, पनि उनिहरु कानमा तेल वा गोजिमा शक्ति राखी अन्धो र  बैरो बनी रहेका छन ।
चाहेर हो वा बाध्य भएर हो, प्राथमिक सेयरबजारमा बिकाशले धेरै फट्को मारेको छ । त्यसको लागी धन्यवाद दिनैपर्छ ।
तर धन्यवाद दिदादिदै मनमा कस्तो -कस्तो अनुभुती हुन्छ । चाह्यो भने जेपनि हुने रहेछ नि हैन र धितोपत्रबोर्ड  ? हो यसरी दोश्रो बजारलाई पनि सग-सगै लान के ले पो रोक्यो ? उत्तर दिन त सक्नु होला त । त्यो उत्तरमा सत्यता नहुन सक्छ । सहि उत्तर आम लगानिकर्ताले थाहा पाइसकेका छन ।
नेपाली जनता धेरै शिक्षित भैसकेका रहेछ्न । हेर्नुस् त धेरै थोरै समयमा पनि सि-अस्वाबाट कति धेरै आबेदन पर्यो  ! अब झुटको खेती धेरै चल्दैन होस गर्नुस है, धर्यताको बाध फुट्यो भने के हुन्छ ?
अब जती  सक्दो सबै नेपालीले नेपाली पुँजिबजारमा लगानी गर्न पाउनै पर्छ । साथै  विश्वव्यापीकारणको जमनामा हामी चाहिँ किन पछाडी ? त्यसकारण अब आम लगानिकर्ताले सजिलो तरिकाले, स्वच्छ बाताबरणमा सबै कुरा जानेर कसैको करकाप वा हल्लाको पछि नलागी सेयरबजारमा लगानी गर्न पाउनुपर्छ । हेर्नुस त पोहोरको साल एक जना यस्ता पात्र खडा गरियो । उनी यसरी बर्बराउथे सायद उनी मानसिक सन्तुलन गुमाएको होकि जस्तै गरि । यति मात्रै भन्थे बजार उत्तनो पर्छ । त्यसले  सानो-तीनो असर गर्यो । बजार घट्यो र तल आयो । तर उनी बोल्न छाडे । फेरि बजार 450 अन्क बड्यो । तर बड्दा उनी बोल्न सकेनन । किनभने उनी कुनै सत्यता बिना कसैको प्रलोभनमा परि बरबराएका थिए । पंतिकारले त्यो बेला देखि नै तिनी पाल्तु हुन् होसियार है भनेको थियो ।
आजकाल फेरि एकजना यस्ता बैज्ञानिक जताततै चर्चित हुदैछ्न । घरि नेपाली पुँजिबजार ६००० पुग्छ, घरी ११०० आउँछ त, घरीघरी ९०० मा नै आउँछ । यस्ता कुरालाई आम लगानीकर्ताले कसरी बुझ्ने । यदि उनी सत्य कुरा बुझेर धर्का तानेर भन्दैछन भने सबैले किन उनिलाइ फलो नगर्ने ? यदि यो कुरा गलत भयो भने त्यसको जिम्मेवारी कस्ले लिने ? किन यस्ता अबाफ फैलाउदै छ्न बुझ्न सजिलो छ बुझ्ने लाई ।
तर हाम्रा सम्बन्धीत निकायहरु चुपचाप अफिसमा हिटर तापेर बसेका छन । नेप्सेका बडा हामिकले त यस्ता बैज्ञानिकहरुको नाम संकलन गर्न बिज्ञापन गरेका थिए । तर को-कस्ले नाम दिए म बिस्लेशक हु भनी कसरी प्रमाणीत गरियो । केही सुन्न पाएको  छैन ।   न कतै लोकमान सिंह कार्कीको जस्तै तेह्र पान्ने त हैन सन्कै लाग्न थालेको छ ।
अब कुनै बहाना नगरी नेप्सेले भेन्डर कम्पनीसँग भएको सम्झौता अनुरुप तोकिएको मिति २०७५ साल जेष्ठ २० गते भित्र पुर्ण तरिकाको अनलाइन प्रणाली आम लगानिकर्ताले प्रयोग गर्न पाउनु पर्यो । त्यसका साथै बिश्वका जुनसुकै कुनामा बसेर पनि नेपाली सेयरबजारमा लगानी गर्न पाउनुपर्यो ।
साथै पुर्ब-पश्चिम् उत्तर-दक्षिण जता बसेको भए पनि सजिलो तरिकाले घरैमा बसि-बसि वा नजिकै खोलिएका ब्रोकरहरुकोमा गएर लगानी गर्ने बाताबरण हुनुपर्यो ।
नेपालको पुँजिबजारलाई  केही ब्यक्तीको हातबाट मुक्त गर्नै पर्छ । त्यसका लागि चुस्त समय सापेक्ष ऎन कानुन परिमार्जन गरिनुपर्छ ।
नेप्से धितोपत्रबोर्ड अर्थ मन्तालयले अब सिमित स्वार्थ नराखी पुजिबजारलाइ बिश्वस्तरीय बनाउन के-के गर्नुपर्छ । कमिटी गठन गरि योग्य नेतृत्वको हातमा जिम्मेवारी दिनुपर्छ । यस्तो खरबौको बजारमा पैसाको भरमा नियुक्ति गरिएका नेतृत्वले के बिकास गर्लान खै ।
नेपालको पुँजिबजार  कम्युनिष्ट फोबिया भनेर हल्ला गरियो । तर लोकतान्त्रबादी भन्नेहरुले नै यसलाई आफ्नै पेवा बनाएकाले अब  कम्युनिष्ट सरकाको काधमा सबै कुराको दायित्व आएको  छ । मौका यहि हो । हामी साम्यबादि हैनौ आम जनताको हकहितको लागि लड्छौ भन्ने ।
देशको अर्थतन्त्रको मेरुदण्ड पुजिबजारलाई घरी जुवाघर त घरी अनुत्पादक जस्ता उखान टुक्का नसुनाइ अब जारी  हुने स्वयतपत्रमा पुँजिबजारको बिकासको लागि हाम्रो सरकार यो काम यति समयसम्म गर्ने छौ भनी प्रतिबद्धता जनाउनुस र गरेर देखाउनुस ।
अनि जनतामा भएको र देखाइएको डरत्रास कम हुँदै जानेछ । र सेयरबजारका माफियाहरु पाखा लाग्ने छन । अनि स्वच्छ बजारको बिकास हुनेछ । सबै जनताले सेयरबजारमा लगानी गरि केही फाइदा गर्ने छन । त्यसले पनि देशको अर्थतन्त्रलाई सहयोग गर्नेछ । यो कुरालाई नबग्याउनुहोस । बिदेशी पुँजि ल्याउने सबै नेपालीले हाइड्रोपावरको सेयर लगाउन पाउने गरि कम्पनीहरु खोलिरहेको अबस्थामा अनेकका उखान तुक्का गरेर के फाइदा । त्यो समयले नै बताउने छ अर्थमन्त्री ज्यु ।
सरकार गठन हुनु भन्दा अगाडी जे बाचा गरिएको थियोे । त्यो बाचा प्रधानमन्त्रीज्युले तत्काल पूरा गर्ने बेला आएको छ । किन कि तपाईंको बोलिले कति लगानिकर्ताले लगानी गरेका छ्न त्यो सोच्नुस ।
म यो भन्दिन सेयर बजार घट्यो बडाउनुस, बडयो घटाउनुस ।
किन कि यहाँ सेयर बजार आफ्नु गतिमा हिड्न दिएका छैनन । ठुला खेलाडीहरुले सबै ठाँउ कब्जा गरि जे पनि प्रयोग गरिरहेका छ्न । यति सम्म कि हुने पैसा पनि बैंकिंग च्यानमा आउन नदिइ भित्री कारोबार गरिरहेका रहेछ्न । उदाहरणको लागि बिराटनगरबाट ठुलै गैह्र कारोबारी पक्राउ पर्नु ।
रेमिटेन्स घट्यो घट्यो भनेर बस्न छाडी किन कसरी घट्यो भनेर खोज्ने हो भने रेमिटेन्स घटेको हैन बढेको छ । तर कानुनी माध्यमबाट हैन  । हुन्डीबाट आइरहेको छ । हुन्डीलाई बन्द गर्नुस त । कति घट्दो रहेछ कि बड्दो रहेछ । सोच्ने कुरा छ ।
राजस्व चुहावट यति छ त्यो बन्द गरी बास्तबिक मूल्याकंन अनुशार आयात निर्यातको ब्यबस्था गर्नुस त । कति राजस्व उठ्छ । प्रबिधिको प्रयोग गरि सबैलाई कानुनी दायरामा ल्याउनुहोस त । कति कर उठ्छ । सबै तिर चुहावट छ ।
माथि उल्लेखित कुराहरुलाई कानुनी प्रक्रियामा ल्याउन कडा कदम नचाली अर्थतन्त्र बलियो हुनेवाला छैन । यसैलाई आधार बनाइ बैंकहरुले आक्रमक ब्यापार गरि अर्थतन्त्र नै धरापमा पार्न खोज्दैछ्न । यति मात्र हैन अयोग्यहरुको भिडले बैन्किङ क्षेत्र मै समस्या हुन सक्ने भएकाले त्यतातिर पनि ध्यान दिनु जरुरी छ ।  जताततै माफिया गुन्डागर्दी, भ्रस्टाचारतन्त्र छ । त्यसलाई निर्मुल पार्न होशियारका साथ कुनैपनि काम अगाडि बडाउनु पर्ने अवस्था रहेको छ ।
यी सबै कुराको बिकास सगै सेयर बजारलाई पनि सगसगै लानको लागि यो सरकारले निम्न कुराहरुको तत्काल निर्णय गर्नु जरुरी रहेको छ।  हैन भने घरी बाम सरकारलाई त, कहिले अर्थमन्त्री त,  कहिले एनआइसि एसिया बैंक देखाइ धेरै जनता रोडमा पुर्याउन सुनियोजित षड्यन्त्र हुदैछ । त्यसको भागिदार बन्न तयार हुनुहोस  ।
१ अन्लाईन कारोबारलाई जतिछिटो प्रयोगमा ल्याउने सुनिस्चितता गरियोस
२ नेप्से धितोपत्रबोर्डको पुनर्संरचना गरि स्वतन्त्र बनाइ योग्य ब्यक्ती राखियोस । जसले धितोपत्र सम्बन्धि ज्ञान भएकाले मौका पाउने छन र बिकास गर्ने छन ।
३ ब्रोकरहरुको दायरा फराकिलो बनाइयोस ।
४ धितोपत्र सम्बन्धि ज्ञान दिने टिभी, रेडियो,एफएम. अनलाईन लगायत तालिम लिने ब्यबस्था प्रचार प्रसार गरियोस् ।
५ पुँजिबजार सम्बन्धि सकेसम्म किताब मै अध्यन गर्ने ब्यबस्था गर्न सके अति उत्तम ।
६ कालोबजारी इन्साइडर्ट्रेडिङ गर्नेहरुलाई कानूनी दायरामा ल्याउन सजिलो नियम बनाउनुस । सेयरबजार माफिया मुक्त कहिले हुन्छ होला ?
७ आम जनताको जीवनस्थर उकास्न र सबै नेपालीलाई स्वास्थको पहुच पुर्याउन  निजामती कर्मचारी, सेना, पुलिस, बैंकका कर्मचारी, सस्थानका कर्मचारीहरुको अनिवार्य इन्स्योरेन्स गर्ने ब्यबस्था गरियोस ।
८ अब देशको बिकास गर्ने नै हो भने जति बैंक हरु सन्चालनमा छन । यिनिहरु देशको बिकासका साझेदारी हुन सक्दैनन । त्यसकारण अब फोर्स मर्जरमा लगेर  कम्तिमा १०० मेगावाट बिधुत निकाल्न सक्ने कम्पनी बनाउन सकियो भने मात्र यी कालोबजारीहरुले खोलेका बैंकहरु साइजमा आउने छन ।
९ सबै स्थानीय तहलाई परिचालन गरि हरेक कुरामा इन्स्योरेन्स गर्ने बानी बसाल्ने नीति बनायोस ।
१० माफियातन्त्रको जरैमा मेटासिट लगाइयोस ।
                                                                                       (लेखक सेयर बजारक पेसेवर लगानीकर्ता हुन् )
प्रकाशित मिति २०७३-११-२७

फेसबुकबाट तपाईको प्रतिक्रिया