सेयर बजारमा आज ४० अंकको बृदि, २ अर्ब २४ करोडको कारोबार
बिजनेसपाटी १० श्रावण ।
सेयर बजारमा आज २२४ करोड रुपैयाँको कारोबार भएको छ । ४ घन्टाको आजको कारोबारमा १४७ कम्पनीको ४७ लाख ४० हजार ९७२ कित्ता सेयर किनबेच भएको छ भने बजार ३९.६६ अंकको बृद्धिसँगै १८३८.४९ अंकमा पुगेको रोकिएको छ ।
खासगरी आजको कारोबारमा जलविद्युत वाहेक सबै सुचक हरियो हुँदा बजारले नयाँ इतिहास रचेको छ । आज जलविद्युत १२.२ अंकले ओर्लिएको हो । तर अधिकांस सुचक दोहोरो अंकले हरियो भएका छन् । आजको बजारमा उत्पादनमूलक कम्पनीमा ३.२१ र अन्यमा ९ अंकको बृद्धि रहिको छ । आज बैंकिङ समूह ४२ अंक, होटल ४३ अंक, विकास बैंक ८१.८५ अंकले उक्लिएका छन् भने फाइनान्स समूह २१, बिमा ८४ अंकले बढेको छ । आज सबैभन्दा वढि किनबेच हुने सेयरको सुचीमा बाणिज्य बैंक छन् ।
आज सोमबार शिखर इन्स्योरेन्सको ५ करोड ७२ लाख र प्रिमियर इन्स्योरेन्सको ६ करोड २८ लाखको सेयर कारोबार भएको छ । सबैभन्दा वढि मूल्यको सिद्धार्थ बैंकको किनबेच भएको छ । बैंकको १९ करोड ३६ लाख रुपैयाँको एक लाख ५१ हजार ८८० कित्ता सेयर किनबेच भएको छ । प्राइम बैंकको १० करोड ६५ लाख, एनबी बैंकको १० करोड नौं लाख रुपैयाँको किनबेच भएको छ । २४ कम्पनीले ९ प्रतिशत भन्दा माथि कमाएका छन् भने ३ कम्पनीको सम्पति १० प्रतिशतले बढेको छ । देव विकास, नागवेली लघुवित्त र सेती फाइनान्सका लगानीकर्ताले १० प्रतिशतले सम्पति वढाएका छन् । आजको बजार करिव ४० अंकले वढ्दासमेत पौने ८ प्रतिशतले किसान माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज सोमबार को कारोबारमा अधिकांस माइक्रोफाइनान्सको सेयर मूल्य भने घटेको छ । आजको कारोबारमा राजनितीको प्रभाव उतिसारो परेन
फेसबुकबाट तपाईको प्रतिक्रिया