बिजनेसपाटी ८ कार्तिक

आज सोमबार पनि बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १३.५० अंकले घटेर १७६८.८९  को बिन्दुमा रोकिएको छ ।

कारोबारमा आज आएका समुहगत सूचकमध्ये फाइनान्सको सूचक बाहेक सबै सूचक घटेका छन्  । आज  १ सय २५  कम्पनीका १० लाख २३ हजार २ सय ८५ शेयर खरिद बिक्रि भएको छ । आज करिब ९२ करोड ८९ लाख ६२  हजार  ६ सय १७   रुपैयाँको कारोबार भएकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको मात्र १० करोड ७७ लाख ४७ हजार बराबरको कारोबार भएको छ ।  अन्य कारोबार हुनेमा एभरेस्ट बैंक लिमिटेड,माछापुच्छ्रे बैंक लिमिटेड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, कुमारी बैंक लिमिटेड रहेका छन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य घटेर ३५१५ मा पुगेको छ।   एभरेस्ट बैंकको शेयर मूल्य भने स्ट्याण्डर्ड चार्टर्डलाई उछिन्दै ३६०१ मा पुगेको छ ।  आजको  कारोबारमा बढी कमाउनेमा सृजना फाइनान्स वित्तीय संस्था, कामना विकास बैंक, जन उत्थान सामुदायिक लघुवित्त विकास बैंक, रिलायबल माइक्रो फाइनान्स वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ता रहेका छन् । आज  ललितपुर फाइनान्स, सिनर्जी फाइनान्स, पोखरा फाइनान्स,  सप्तकोशी डेभलपमेन्ट बैंक, सेवा विकास बैंकका लगानीकर्ताले भने  गुमाएका छन।